२६ जेष्ठ २०८२, आईतवार

कपिलवस्तुमा यात्रुबाहक बस र पिकअप भ्यान ठोक्किँदा एक जनाको मृत्यु

 

२९ जेठ, बुटवल।  कपिलवस्तुमा मंगलबार बिहान यात्रुबहाक बस र पिकअप भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा आठ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक महेन्द्र विक्रम शाहीका अनुसार बुद्ध भूमि नगरपालिका ४ झडुलामाईमा काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिकअप भ्यान आपसमा ठोक्किएका हुन् ।दुर्घटनामा पिकअपका चालक कपिलवस्तुको शिवराज नगरपालिका घर भएका हिरालाल बढईको घटना स्थलमै मृत्यु भएको छ,’ शाहीले भने, ‘दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।

बसले ठक्कर दिँदा पिकअपमा च्यापिएका बढईको २ घण्टापछि उद्धार गरिएको थियो। उद्धारमा ढिलाइ हुँदा उनको मृत्यु भएको हो ।’ घाइते ८ जनालाई उपचारको लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?