मोदीको मन्त्रिमण्डलमा अधिकांश पुरानै अनुहार दोहोरिए [सूचीसहित]
२८ जेठ, काठमाडौँ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिएका छन् ।
राष्ट्रपति भवनमा आइतबार साँझ आयोजित समारोहमा मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष शपथ लिएका हुन् । शपथ समारोहमा छिमेकी राष्ट्र प्रमुख, सरकार प्रमुख तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । मोदीसँगै उनको मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ लिएका छन् । प्रधानमन्त्री मोदीको शपथपछि यसअघि रक्षामन्त्री रहेका राजनाथ सिंह, पहिला गृहमन्त्री रहेका अमित शाह, नितिन गडकरी, बीजेपी अध्यक्ष जेपी नड्डा, एस.जयशंकर, निर्मला सितारमण लगायतले पनि मन्त्रीको शपथ लिएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले ३० जना मन्त्री र ४१ जना राज्यमन्त्रीसहित ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मन्त्रीहरूमा धेरैजसो पुरानै अनुहार दोहोरिएका छन् । ७२ सदस्यीय मन्त्रिपरिषद्मा आधाभन्दा बढी मन्त्री यसअघि केन्द्रमा मन्त्री र तीन वा सोभन्दा बढी पटक सांसद भइसकेका छन् । त्यस्तै मन्त्रिपरिषद्मा सबै क्षेत्र, वर्ग र समुदायलाई स्थान दिने प्रयास भएको छ । मोदीले आफ्नो तेस्रो कार्यकालमा विकासलाई नयाँ गति दिने अनुभवी नेता र मन्त्रीहरूले विश्वास व्यक्त गरेका छन् ।
नरेन्द्र मोदी यसअघि सन् २०१४ मा पहिलोपटक र २०१९ मा दोस्रोपटक भारतको प्रधानमन्त्री निर्वाचित भएका थिए । त्यसअघि उनी लगातार तीन कार्यकाल गुजरातको मुख्यमन्त्री भइसकेका छन् ।
यी हुन् मोदी क्याबिनेटका मन्त्रीहरू
- राजनाथ सिंह
- अमित शाह
- नितिन गडकरी
- जेपी नड्डा
- शिवराज सिंह चौहान
- निर्मला सीतारमण
- एस जयशंकर
- मनोहर लाल खट्टर
- एचडी कुमारस्वामी
- पियुष गोयल
- धर्मेन्द्र प्रधान
- जितनराम मांझी
- राजीव रञ्जन सिंह उर्फ ललन सिंह
- सर्वानन्द सोनोवाल
- डा वीरेन्द्र कुमार
- किंजरापु राम मोहन नायडू
- प्रह्लाद जोशी
- जुएल ओरम
- गिरिराज सिंह
- अश्विनी वैष्णव
- ज्योतिरादित्य सिन्धिया
- भूपेन्द्र यादव
- गजेन्द्र सिंह शेखावत
- अन्नपूर्ण देवी
- किरण रिजिजु
- हरदीप सिंह पुरी
- मनसुख मण्डाविया
- जी किशन रेड्डी
- चिराग पासवान
- सीआर पाटिल
स्वतन्त्र कार्यभार भएका राज्यमन्त्री
- राव इन्दरजीत सिंह
- जितेन्द्र सिंह
- अर्जुन राम मेघवाल
- प्रतापराव गणपतराव जाधव
- जयन्त चौधरी
राज्य मन्त्रीहरू
- जितिन प्रसाद
- श्रीपाद नाइक
- पंकज चौधरी
- कृष्णपाल गुर्जर
- रामदास आठवले
- रामनाथ ठाकुर
- नित्यानन्द राई
- अनुप्रिया पटेल
- वि सोमन्ना
- डा चन्द्रशेखर पेम्मासानी
- एसपी सिंह बघेल
- शोभा करन्दलाजे
- कीर्तिवर्धन सिंह
- बीएल वर्मा
- शान्तनु ठाकुर
- सुरेश गोपी
- एल मुरुगन
- अजय टमटा
- बन्डी सञ्जय कुमार
- कमलेश पासवान
- भगीरथ चौधरी
- सतीश चन्द्र दुबे
- सञ्जय सेठ
- रवनीत सिंह बिट्टु
- दुर्गा दास उइके
- रक्षा खडसे
- सुकान्त मजुमदार
- सावित्री ठाकुर
- टोखान साहु
- राजभूषण चौधरी
- भूपतिराजु श्रीनिवास वर्मा
- हर्ष मल्होत्रा
- निम्बुवेन जयन्तीभाई बम्भानिया
- मुरलीधर मोहल
- जर्ज कुरियन
- पवित्रा मार्गेरिटा
Post Comment