सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु
१९ जेठ, सुनसरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गढी गाउँपालिका- २ बस्ने २४ वर्षीय मोहमद अफ्रोज मिया रहेका छन् । उनको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई इटहरी उपमहानगरपालिका- ८ स्थित चिन्तन चौतारी नजिक मन्जिल प्रधानको घरको छतबाट सिटी सफारी बोलाउने क्रममा नजिकै रहेको विद्युत्को तारबाट करेन्ट लागेको थियो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment