जटिल शल्यक्रिया मार्फत गर्भवतीको ज्यान जोगाउन सफल
सर्लाही – प्रादेशिक अस्पताल मलंगवाले शल्यक्रिया गरी एक आमा र बच्चाको ज्यान बचाउन सफल भएको छ। स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सचिन यादव र उनका टोलीको अथक प्रयासले विष्णु गाउँपालिका वडा नं. ६ की ३३ वर्षीया एक महिलाको सकुशल सल्यक्रिया गरी गर्भमा रहेको बच्चाको ज्यान जोगाउन सफल भएको छ।
५ औं पटक गर्भवती भएकी उनले यो भन्दा पहिले २ चोटी सल्यक्रिया (सिजरियन सेक्सन) द्वारा बच्चालाई जन्म दिसकेकी छिन्। समय पुग्नु अगाडी नै व्यथा सुरु भएर आएकी उनको अवस्था एकदम नाजुक रहेको डा. यादव ले जानकारी गराए। अप्रेशन गर्ने क्रममा पनि विभिन्न बाधाहरू को सामना गर्नुपरेको थियो र व्यथा सुरु भएकी महिला समयमै अस्पताल पुगेको हुनाले आमा र बच्चा दुवैको ज्यान जोगाउन सफल भएको डा. यादवले बताएका छन्।
Related posts:
राष्ट्रिय सभा कार्यव्यवस्था समितिको बैठक सिंहदरबारमा, महत्वपूर्ण एजेण्डामाथि छलफल
नियमित उडान नभएको भन्दै जुम्लामा नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी
पराजयबारे कांग्रेसमा छुट्टाछुट्टै तर्क : बीबीसीको भिडियो, नेताका घरमा पैसा जलेको भिडियो, नेताहरूको अ...
एभरेस्ट चिनी उद्योगमा लक्ष्यभन्दा कम उखु क्रसिङ




Post Comment