जटिल शल्यक्रिया मार्फत गर्भवतीको ज्यान जोगाउन सफल
सर्लाही – प्रादेशिक अस्पताल मलंगवाले शल्यक्रिया गरी एक आमा र बच्चाको ज्यान बचाउन सफल भएको छ। स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सचिन यादव र उनका टोलीको अथक प्रयासले विष्णु गाउँपालिका वडा नं. ६ की ३३ वर्षीया एक महिलाको सकुशल सल्यक्रिया गरी गर्भमा रहेको बच्चाको ज्यान जोगाउन सफल भएको छ।
५ औं पटक गर्भवती भएकी उनले यो भन्दा पहिले २ चोटी सल्यक्रिया (सिजरियन सेक्सन) द्वारा बच्चालाई जन्म दिसकेकी छिन्। समय पुग्नु अगाडी नै व्यथा सुरु भएर आएकी उनको अवस्था एकदम नाजुक रहेको डा. यादव ले जानकारी गराए। अप्रेशन गर्ने क्रममा पनि विभिन्न बाधाहरू को सामना गर्नुपरेको थियो र व्यथा सुरु भएकी महिला समयमै अस्पताल पुगेको हुनाले आमा र बच्चा दुवैको ज्यान जोगाउन सफल भएको डा. यादवले बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1
Post Comment