आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १५, २०८१
|
|
२९ पटक हेरिएको
Shares
आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिँदै

सारांश

  • सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ ।
  • अर्थमन्त्री वर्षमान पुनले आज बजेट सार्वजनिक गर्नेछन् ।
  • यसका लागि संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ ।

१५ जेठ, काठमाडौँ । सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ ।

अर्थमन्त्री वर्षमान पुनले आज बजेट सार्वजनिक गर्नेछन् । यसका लागि संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्नेछ । जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता छ । आगामी बजेटमा कर्मचारीको तलब वृद्धिमा भने सरकारले खासै चासो दिएको छैन । अर्थमन्त्री वर्षमान पुनले गत बुधबार संघीय संसद् सचिवालयका अधिकारीहरूसँगको भेटमा बजेटका लागि स्रोतमा निकै चाप रहेको बताएका थिए । उनले १८ खर्बको सिलिङमा बजेट निर्माण भइरहेको जानकारी समेत दिएका थिए ।

बजेट सिलिङअनुसार न्यूनतम् दायित्वमा थपघट गर्न सकिने र यसका लागि सिलिङ तथा स्रोत मिलाइने उनको भनाइ छ । सहकारी समस्या दीर्घकालीन हल गर्न सरकारले आगामी बजेटमै केही विशेष प्रावधान ल्याउन लागेको सत्ता गठबन्धनका एक नेताले बताए । पूर्वमन्त्रीसमेत रहेका ती नेताले सहकारीका लागि छुट्टै नियामक निकाय बनाउने गरी बजेट आउन लागेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब नियुक्ति लिनुअघि नै सम्पत्ति विवरण बुझाउनुपर्ने
अब नियुक्ति लिनुअघि नै सम्पत्ति विवरण बुझाउनुपर्ने
कस्तो रहला त आजको मौसम ?
कस्तो रहला त आजको मौसम ?
संसद‍्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप
संसद‍्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएका छौँः अध्यक्ष दाहाल
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएका छौँः अध्यक्ष दाहाल
धनुषा ट्राफिक : ‘दुई पाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ कार्यक्रम
धनुषा ट्राफिक : ‘दुई पाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ कार्यक्रम
मौद्रिक नीतिको समीक्षालगत्तै नेप्सेमा हरियाली- ४९.१५ अंकले बढ्दा ११ अर्ब ३९ करोडको कारोबार
मौद्रिक नीतिको समीक्षालगत्तै नेप्सेमा हरियाली- ४९.१५ अंकले बढ्दा ११ अर्ब ३९ करोडको कारोबार
माग सम्बोधन नभएकोमा जीपी कलेजका विद्यार्थी आक्रोशित
माग सम्बोधन नभएकोमा जीपी कलेजका विद्यार्थी आक्रोशित
तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्यु : डब्लुएचओ
तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्यु : डब्लुएचओ
रौतहटमा हत्या गरेर फरार रहेका व्यक्ति ४० वर्षपछि सर्लाहीबाट पक्राउ
रौतहटमा हत्या गरेर फरार रहेका व्यक्ति ४० वर्षपछि सर्लाहीबाट पक्राउ
पोखराको पृथ्वीचोकमा चल्यो डोजर, सरकारी जग्गामा निर्मित संरचना भत्काइयो
पोखराको पृथ्वीचोकमा चल्यो डोजर, सरकारी जग्गामा निर्मित संरचना भत्काइयो