Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सर्लाहीमा ८२ हजारलाई आईपीभी खोप लगाइने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ११, २०८१
|
|
३९ पटक हेरिएको
Shares
सर्लाहीमा ८२ हजारलाई आईपीभी खोप लगाइने

सारांश

  • सर्लाही जिल्लाका ८२ हजार ६ सय ४ बालबालिकाहरूलाई पोलियो रोग विरुद्धको खोप आईपीभी (इनएक्टिभेटेड पोलियो भ्याक्सिन) लगाइने भएको छ ।
  • जेठ १३ गते उद्घाटन हुने र पहिलो चरणको खोप जेठ १६ गतेदेखि २१ गतेसम्म र दोस्रो चरणको खोप जेठ २४ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने आईपीभी खोप अभियानमा सो सङ्ख्यामा खोप लगाइने स्वास्थ्य कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
  • अभियानका लागि जिल्लाभरिमा २ सय २ भ्याक्सिनेटर, ४ सय ४ स्वयमसेविका र ८ सय शिक्षकको सहभागी हुनेछ।

सर्लाही । सर्लाही जिल्लाका ८२ हजार ६ सय ४ बालबालिकाहरूलाई पोलियो रोग विरुद्धको खोप आईपीभी (इनएक्टिभेटेड पोलियो भ्याक्सिन) लगाइने भएको छ ।

जेठ १३ गते उद्घाटन हुने र पहिलो चरणको खोप जेठ १६ गतेदेखि २१ गतेसम्म र दोस्रो चरणको खोप जेठ २४ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने आईपीभी खोप अभियानमा सो सङ्ख्यामा खोप लगाइने स्वास्थ्य कार्यालय सर्लाहीले जानकारी दिएको छ । अभियानका लागि जिल्लाभरिमा २ सय २ भ्याक्सिनेटर, ४ सय ४ स्वयमसेविका र ८ सय शिक्षकको सहभागी हुनेछ।

२०७३ साल वैशाखदेखि २०७५ साल असोजसम्मको अवधिमा जन्मिएका बालबालिकालाई लक्षित गरी सो अभियान सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवल‌ किशोर झाले बताउनुभयो।

जेठ १६ गतेदेखि सुरु हुने अभियान , लालबन्दी नगरपालिका, हरिवन, हरिपुर, कविलासी, बरहथवा , मलंगवा , धनकौल, चक्रघट्टा, बसबरीया गाउँपालिका र बागमती नगरपालिकामा २१ गतेसम्म सञ्चालन हुनेछ ।

त्यस्तै, २४ गतेदेखि बलरा नगरपालिका, गोडैता, कौडेना, ब्रहम्पुरी, हरिपुर्वा, इश्वरपुर, पर्सा, चन्द्रनगर, बिष्णु गाउँपालिका र रामनगर गाउँपालिकामा २९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीआईबीको फेक इमेल बनाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ
सीआईबीको फेक इमेल बनाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ
सेयर बजार २७२२ अंकमा, पौने ११ अर्बको कारोबार
सेयर बजार २७२२ अंकमा, पौने ११ अर्बको कारोबार
एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त छ : पृथ्वीसुब्बा गुरुङ
एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त छ : पृथ्वीसुब्बा गुरुङ
बागमतीमा सशस्त्र प्रहरीको विपद् उद्धार सिमुलेसन अभ्यास
बागमतीमा सशस्त्र प्रहरीको विपद् उद्धार सिमुलेसन अभ्यास
शिक्षकका मागबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्दै
शिक्षकका मागबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्दै
स्वास्थ्य मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना
स्वास्थ्य मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना
मेरो पक्षमा बोल्नेलाई आतंकित पार्ने काम बन्द गरिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
मेरो पक्षमा बोल्नेलाई आतंकित पार्ने काम बन्द गरिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा
सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा
मौसम र सडकको अवस्थाबारे जानकारी लिन कुलमानले बोलाए बैठक
मौसम र सडकको अवस्थाबारे जानकारी लिन कुलमानले बोलाए बैठक
सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता
सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता