कांग्रेसको अवरोधपछि स्थगित भयो सुदूरपश्चिम प्रदेशसभाको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ३, २०८१
|
|
३५ पटक हेरिएको
Shares
कांग्रेसको अवरोधपछि स्थगित भयो सुदूरपश्चिम प्रदेशसभाको बैठक

सारांश

  • नेपाली कांग्रेसको अवरोधका कारण सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।
  • मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने कार्यसूची रहेकामा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका संसदहरूको अवरोधका कारण बैठक ३० मिनेटका लागि स्थगित भएको हो ।
  • नाउपाबाट मन्त्री बनेकाहरू सत्तापक्षतर्फ थिए भने रेशमपक्षका सांसदहरू प्रतिपक्षमा छन् ।

३ जेठ, काठमाडौं । नेपाली कांग्रेसको अवरोधका कारण सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।

मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने कार्यसूची रहेकामा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका संसदहरूको अवरोधका कारण बैठक ३० मिनेटका लागि स्थगित भएको हो । नाउपाबाट मन्त्री बनेकाहरू सत्तापक्षतर्फ थिए भने रेशमपक्षका सांसदहरू प्रतिपक्षमा छन् । तेस्रोपटकको प्रयासमा सोडारीले आज विश्वासको मत लिन लागेका हुन् । ६ वैशाखमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीलाई एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ पक्षका सांसद र स्वतन्त्र सांसद तारा जोशीको समर्थन रहेको छ । एमाले विश्वासको मत दिने तर सरकारमा जाने निर्णयमा पुगेपछि सोडारीलाई सहज भएको छ । तर, कांग्रेसले अवरोध गरेपछि बैठक स्थगित हुँदा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस हुन पाएन ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छन् । यहाँ एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नाउपा रन्जिता पक्षका दुई सांसद र स्वतन्त्र सांसदले विश्वासको मत दिँदा बहुमत पुग्छ । प्रदेशसभामा हाल नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढी प्रभावित क्षेत्रमा सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने: प्रधानमन्त्री प्रचण्ड
बाढी प्रभावित क्षेत्रमा सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने: प्रधानमन्त्री प्रचण्ड
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुकविरुद्ध पक्राउ पुर्जी जारी
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुकविरुद्ध पक्राउ पुर्जी जारी
नवलपरासीमा दुई समूहबीच झडप हुँदा १६ प्रहरीसहित २१ जना घाइते, प्रहरीको भ्यान जलाइयो
नवलपरासीमा दुई समूहबीच झडप हुँदा १६ प्रहरीसहित २१ जना घाइते, प्रहरीको भ्यान जलाइयो
युवतीलाई भारतमा बेच्न लगेको आरोपमा पासाङ तामाङ पक्राउ
युवतीलाई भारतमा बेच्न लगेको आरोपमा पासाङ तामाङ पक्राउ
सिंहदरबार, प्रधानमन्त्री कार्याल र राष्ट्रपति भवन परिसरमा समेत कर्फयू
सिंहदरबार, प्रधानमन्त्री कार्याल र राष्ट्रपति भवन परिसरमा समेत कर्फयू
बालेन शाह र सुदन गुरूङविरूद्ध चितवनमा युवा संघको जाहेरी
बालेन शाह र सुदन गुरूङविरूद्ध चितवनमा युवा संघको जाहेरी
३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो, कतिमा हुँदै छ कारोबार?
३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो, कतिमा हुँदै छ कारोबार?
जेनजी आन्दोलनको क्षति बीमा दाबी भुक्तानी छिटो गराउन प्राधिकरणको निर्देशन
जेनजी आन्दोलनको क्षति बीमा दाबी भुक्तानी छिटो गराउन प्राधिकरणको निर्देशन
सशस्त्र र नेपाल प्रहरी विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति
सशस्त्र र नेपाल प्रहरी विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति
प्रधानमन्त्री प्रचण्ड कोप-२८ मा भाग लिन दुबईमा
प्रधानमन्त्री प्रचण्ड कोप-२८ मा भाग लिन दुबईमा