Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

दुई महिनादेखि मेयरको घरमा थन्कियो कमला नगरपालिकाको एम्बुलेन्स

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २८, २०८१
|
|
४८ पटक हेरिएको
Shares
दुई महिनादेखि मेयरको घरमा थन्कियो कमला नगरपालिकाको एम्बुलेन्स

सारांश

  • मौसम झा धनुषाको कमला नगरपालिकाको एम्बुलेन्स नगर प्रमुख विशेश्वर यादवले जनकपुरधामस्थित आफ्नो नीजि घरमा थन्काएर राखेको छ ।
  • बिरामीलाई सहज रुपमा अस्पताल पुर्याउन खरिद गरिएको एम्बुलेन्स दुई महिनादेखि जनकपुरधाम थन्काएर राखेको पाइएको हो ।
  • मेयरले एम्बुलेन्स घरमा थन्काएर राख्दा सर्वसधारण सास्तीमा पर्ने गरेका छन् ।

 

जनकपुरधाम । मौसम झा
धनुषाको कमला नगरपालिकाको एम्बुलेन्स नगर प्रमुख विशेश्वर यादवले जनकपुरधामस्थित आफ्नो नीजि घरमा थन्काएर राखेको छ । बिरामीलाई सहज रुपमा अस्पताल पुर्याउन खरिद गरिएको एम्बुलेन्स दुई महिनादेखि जनकपुरधाम थन्काएर राखेको पाइएको हो ।

मेयरले एम्बुलेन्स घरमा थन्काएर राख्दा सर्वसधारण सास्तीमा पर्ने गरेका छन् । नगरका नागरिकहरु बाध्य भएर चर्को शुल्क तिरेर अन्य पालिकाको एम्बुलेन्सले सेवा लिने गरेका छन् भने कोही मोटरसाइकलमा जान बाध्य भइरहेका छन् । एम्बुलेन्स जस्तो संवेदनशिल विषयमा नगर प्रमुख खेलाँची गरिरहेको नागरिकको गुनासो छ ।
नगरकी उपप्रमुख शिला देवी मण्डलले पनि दुई महिना पहिले एम्बुलेन्स खरिद गरिएपनि हाल सम्म पालिकामा नआएको स्वीकार गरिन् । उनी पनि एम्बुलेन्स कहाँ छन ? भनेर बारे अनविज्ञ छिन् । उनी पनि एम्बुलेन्स खोजिरहेको बताइन् । यद्यपी अहिले सम्म नभेटिएको गुनासो पोखिन् । नगर प्रमुख यादवले प्राविधक काम भइरहेको हुनाले घरमै राखिएको बताए । दुई दिनमा एम्बुलेन्स पालिकामा जाने उनले प्रतिबद्धता गरे । नम्बर प्लेट र मन्त्रालयको काम बाँकी रहेको हुनाले थन्काइएको उनले प्रष्ट गरे ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत् चुहिएर वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति
विद्युत् चुहिएर वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति
महोत्तरीका एक वार्ड अध्यक्ष मृत फेला
महोत्तरीका एक वार्ड अध्यक्ष मृत फेला
बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र पूर्णरुपमा सञ्चालन हुने
बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र पूर्णरुपमा सञ्चालन हुने
सर्लाहीमा‌ कटुवा पेस्तोलसहित एक युवक पक्राउ
सर्लाहीमा‌ कटुवा पेस्तोलसहित एक युवक पक्राउ
ऋषिङ गाउँपालिका अध्यक्षविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा
ऋषिङ गाउँपालिका अध्यक्षविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा
कुलेखानी जलाशय भरिएपछि ३१ वर्षपछि ड्यामको दुवै ढोका खोलियो सर्लाही सम्मको बस्ती खतरा मा
कुलेखानी जलाशय भरिएपछि ३१ वर्षपछि ड्यामको दुवै ढोका खोलियो सर्लाही सम्मको बस्ती खतरा मा
बद्रीनाथमा हिमपहिरो, फसेका ५७ मध्ये १६ को उद्धार
बद्रीनाथमा हिमपहिरो, फसेका ५७ मध्ये १६ को उद्धार
विवाह उमेरको विषयलाई लिएर विवाहित व्यक्तिले भोग्दै आएको सजाय घटाइने
विवाह उमेरको विषयलाई लिएर विवाहित व्यक्तिले भोग्दै आएको सजाय घटाइने
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
आजको मौसम: कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
आजको मौसम: कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना