गोली चलाएर प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २७, २०८१
|
|
३३ पटक हेरिएको
Shares
गोली चलाएर  प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ

सारांश

  • लागुऔषध कारोबारी नियन्त्रणमा लिन बाँके प्रहरीले कोहलपुरमा गोली चलाएको छ ।
  • प्रहरीको गोली लागेर कोहलपुर-१२ का २६ वर्षीय सुरेश परियार घाइते भएका छन् ।
  • उनको खुट्टामा गोली लागेको बाँके प्रहरीले जनाएको छ।

 

२७ वैशाख, नेपालगञ्ज। लागुऔषध कारोबारी नियन्त्रणमा लिन बाँके प्रहरीले कोहलपुरमा गोली चलाएको छ ।

प्रहरीको गोली लागेर कोहलपुर-१२ का २६ वर्षीय सुरेश परियार घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको बाँके प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ब्युरो काठमाण्डौबाट विशेष सूचनाका आधारमा बाँकेको कोहलपुरमा गएको टोलीमाथि आक्रमण भएपछि प्रहरीले गोली हानेर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हाे । प्रहरीको टोलीले कोहलपुरको चप्पलगौडामा लागूऔषध कारोबारीलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण भएको प्रहरी भनाइ छ ।

प्रहरीको गोली बायाँ खुट्टामा लागेर घाइते भएका परियारको अहिले भेरी अस्पतालमा उपचार भइरहेको छ। परियार कोहलपुर नगरपालिका–१२ चप्पलगौँडाका स्थानीय हुन् । परियारसहितको समूहले नेपाल भारत सिमानामा बसेर लागूऔषध कारोबार गर्ने गरेको सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरूलाई पछ्याइरहेका थिए । उनीहरूको साथबाट ११० ग्राम ब्राउन सुगरसमेत बरामद भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?