आज यी पाँच प्रदेशमा चट्याङसहित वर्षा हुने सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २७, २०८१
|
|
३२ पटक हेरिएको
Shares
आज यी पाँच प्रदेशमा चट्याङसहित वर्षा हुने सम्भावना

सारांश

  • हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको बताएको छ।
  • विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ।
  • कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका बाँकी पहाडी भागका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

काठमाडौं ।

हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको बताएको छ। विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ। कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका बाँकी पहाडी भागका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ। साथै तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।https://press4k.com/

देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ। आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै देशका बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। आगामी २४ घण्टामा देशका कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत मुलुकका बाँकी पहाडी भागका केही स्थानका साथै बाँकी तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान विभागले गरेको छ।https://press4k.com/

देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोदीले भेटे विमान दुर्घटना बाँचेका एक्ला यात्री, भन्छन्- मेरैअगाडि एयर होस्टेस र अरू यात्रु जलिरहेका थिए
मोदीले भेटे विमान दुर्घटना बाँचेका एक्ला यात्री, भन्छन्- मेरैअगाडि एयर होस्टेस र अरू यात्रु जलिरहेका थिए
उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँदै सरकार
उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँदै सरकार
झापामा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृ*त्यु
झापामा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृ*त्यु
हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन
हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन
प्रतिनिधि सभा बैठक बस्दै, कार्यसूचीमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक
प्रतिनिधि सभा बैठक बस्दै, कार्यसूचीमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक
झरी र बाढीमा फसेकाले यी नम्बरमा गर्नुस् सम्पर्क (सूचीसहित)
झरी र बाढीमा फसेकाले यी नम्बरमा गर्नुस् सम्पर्क (सूचीसहित)
छतबाट टियर ग्यास प्रहार भएपछि घर तोडफोड
छतबाट टियर ग्यास प्रहार भएपछि घर तोडफोड
प्राधिकरणको लापरबाहीले करेन्ट लागेर गुरुङको मृत्यु,
प्राधिकरणको लापरबाहीले करेन्ट लागेर गुरुङको मृत्यु,
प्रहरीका ७८ एसपीको सरुवा, कसको कहाँ [सूचीसहित]
प्रहरीका ७८ एसपीको सरुवा, कसको कहाँ [सूचीसहित]
विधानको मस्यौदामाथि छलफल गर्न आज पनि माओवादीको स्थायी कमिटी बैठक
विधानको मस्यौदामाथि छलफल गर्न आज पनि माओवादीको स्थायी कमिटी बैठक