Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २६, २०८१
|
|
४५ पटक हेरिएको
Shares
राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग

सारांश

  • नागरिक समाजका अगुवाहरूले राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग गरेका छन् ।
  • निलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय, सुशील प्याकुरेल र कनकमणि दीक्षितले बुधबार संयुक्त वक्तव्य जारी गर्दै नेपाललाई बर्खास्त गर्न माग गरेका हुन् ।
  • मुलुकको हित, स्वाभिमान र पदीय मर्यादा विपरीत सल्लाहकार नेपालले १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णयको विरोध गरेका थिए ।

२६ वैशाख, काठमाडौं । नागरिक समाजका अगुवाहरूले राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग गरेका छन् ।

निलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय, सुशील प्याकुरेल र कनकमणि दीक्षितले बुधबार संयुक्त वक्तव्य जारी गर्दै नेपाललाई बर्खास्त गर्न माग गरेका हुन् । मुलुकको हित, स्वाभिमान र पदीय मर्यादा विपरीत सल्लाहकार नेपालले १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णयको विरोध गरेका थिए । नेपालले देशसञ्चार अनलाइनसँग २३ वैशाखमा भनेका छन्, ‘सरकारको निर्णय अनुपयुक्त समयमा आएको छ । भारतसँग सिमा विवाद रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्यताभन्दा बाहिर गएर नोटमा नक्सा छाप्नु अविवेकी निर्णय हो ।’ यसैगरी उनले २४ वैशाखमा बीबीसी नेपाली सेवासँग राष्ट्र बैंकलाई संशोधित संविधानको नक्सा राख्न दिने निर्णयलाई ‘लहड’ को संज्ञा दिएका छन् ।

‘सीमा नाघेका यस्ता सार्वजनिक अभिव्यक्तिले संवैधानिक राष्ट्र प्रमुखकको पदको गरिमामा चोट पुर्‍याएको छ,’ वक्तव्यमा भनिएको छ, ‘राष्ट्रपति कार्यालय मौन रहेको अवस्थामा सरकारको निर्णयलाई ‘अन्तर्राष्ट्रिय मान्यता विपरीत’ र ‘अविवेकी’ भन्ने सल्लाहकार नेपालका सार्वजनिक अभिव्यक्ति राष्ट्रपति रामचन्द्र पौडेलकै तर्फबाट आएको भनी हामी बुझ्न बाध्य छौं ।’ वक्तव्यमा राष्ट्रपति संस्थाको गरिमालाई कायम राख्न र सल्लाहकार नेपाललाई तत्कालै पदबाट हटाउन माग गरिएको छ । मन्त्रिपरिषद्को २० वैशाखमा बसेको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको पुरानो नक्साको सट्टा नयाँ नक्सा राखेर डिजाइन गर्न स्वीकृति दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्य, धर्म र न्यायको विजयको प्रतीक दसैँ : राष्ट्रपति
सत्य, धर्म र न्यायको विजयको प्रतीक दसैँ : राष्ट्रपति
मन्त्री हेरफेरको तत्काल कुनै संकेत छैनः मुख्यमन्त्री सिंह
मन्त्री हेरफेरको तत्काल कुनै संकेत छैनः मुख्यमन्त्री सिंह
कारोबारसँगै बढ्यो सेयर बजार, नेप्से २६२५ अंकमा
कारोबारसँगै बढ्यो सेयर बजार, नेप्से २६२५ अंकमा
सुशीला कार्कीकाे शपथग्रहणको कार्यक्रम केही समय पर धकेलियो
सुशीला कार्कीकाे शपथग्रहणको कार्यक्रम केही समय पर धकेलियो
मधेशमा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
मधेशमा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
स्थगित भएकाे आईपीएल पुनः आजबाट सुरु हुँदै
स्थगित भएकाे आईपीएल पुनः आजबाट सुरु हुँदै
धनुषाका मिटरब्याज पीडितहरु अनिश्चितकालिन आन्दोलनमा, प्रहरी कार्यालय अगाडि प्रदर्शन
धनुषाका मिटरब्याज पीडितहरु अनिश्चितकालिन आन्दोलनमा, प्रहरी कार्यालय अगाडि प्रदर्शन
ज्ञानेन्द्र शाहीको आरोपः विद्युतको खम्बामा काम गर्ने मजदुरको मृ*त्यु राज्यले गरेको ह*त्या हो
ज्ञानेन्द्र शाहीको आरोपः विद्युतको खम्बामा काम गर्ने मजदुरको मृ*त्यु राज्यले गरेको ह*त्या हो
विचारविना धेरैतिर फर्केकालाई वामपन्थी एकतामा ल्याउन सकिंदैन : प्रधानमन्त्री ओली
विचारविना धेरैतिर फर्केकालाई वामपन्थी एकतामा ल्याउन सकिंदैन : प्रधानमन्त्री ओली
नेपाललाई हङकङले दियो २१३ रनको लक्ष्य, आकाशले लिए ३ विकेट
नेपाललाई हङकङले दियो २१३ रनको लक्ष्य, आकाशले लिए ३ विकेट