सहारा पञ्चकन्याको १७औँ वार्षिक साधारण सभा सम्पन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १३, २०८३
|
|
६८ पटक हेरिएको
Shares
सहारा पञ्चकन्याको १७औँ वार्षिक साधारण सभा सम्पन्न

सारांश

  • सर्लाहीको मलंगवास्थित सहारा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।
  • संस्थाका अध्यक्ष देवेन्द्रकुमार यादवको अध्यक्षतामा आयोजित साधारण सभामा आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय, नाफा–नोक्सान तथा संस्थाको समग्र वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको थियो।
  • सभामा प्रस्तुत आर्थिक विवरणअनुसार संस्थाले उक्त आर्थिक वर्षमा ७ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

 

१२ मंसिर, सर्लाही।

सर्लाहीको मलंगवास्थित सहारा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष देवेन्द्रकुमार यादवको अध्यक्षतामा आयोजित साधारण सभामा आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय, नाफा–नोक्सान तथा संस्थाको समग्र वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको थियो।

सभामा प्रस्तुत आर्थिक विवरणअनुसार संस्थाले उक्त आर्थिक वर्षमा ७ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। सो अवसरमा संस्थाको सम्पत्ति, दायित्व, सदस्यहरूको बचत तथा ऋण लगानीलगायतका विषयमा समेत जानकारी गराइएको थियो। कार्यक्रममा संस्थाका उपाध्यक्ष रामश्रेष्ठ राय, प्रबन्धक शिवशंकर जयसवाललगायतको उपस्थिति रहेको थियो। सदस्यहरूको आर्थिक अवस्था सुधार, वित्तीय पहुँच विस्तार तथा जीवनस्तर उकास्ने उद्देश्यका साथ सहकारीले बचत तथा ऋण सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
भुइँमै कार्यपालिकाको बैठक
भुइँमै कार्यपालिकाको बैठक
मनाङमा लेक लागेर स्विजरल्याण्डका नागरिको मृत्यु
मनाङमा लेक लागेर स्विजरल्याण्डका नागरिको मृत्यु
२६ सय बिन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो
२६ सय बिन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो
सूचना प्रविधि परिमार्जनका कारण राहदानी सेवामा प्रभाव
सूचना प्रविधि परिमार्जनका कारण राहदानी सेवामा प्रभाव
जागिरको प्रलोभन देखाउँदै नर्ससंग यौन प्रस्ताव
जागिरको प्रलोभन देखाउँदै नर्ससंग यौन प्रस्ताव
कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ, १२ हजार ८५२ अझै फरार
कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ, १२ हजार ८५२ अझै फरार
बाढीप्रभावित बालबालिकाको फोटो-भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न अपिल
बाढीप्रभावित बालबालिकाको फोटो-भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न अपिल
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग
राजावादीलाई प्रचण्डको चेतावनी : लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्, नभए क्रान्ति हुन्छ
राजावादीलाई प्रचण्डको चेतावनी : लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्, नभए क्रान्ति हुन्छ