करिब ५ किलो गाँजासहित विमानस्थलबाट एक भारतीय पक्राउ
सारांश
- करिब पाँच किलो थाई गाँजासहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।
- पक्राउ पर्नेमा भारतको केरला मुलरिया ठेगाना भएका २९ वर्षीय अबदुल नौसाद छन् ।
- उनीबाट ४ किलो ८ सय ग्राम थाई गाँजा बरामद भएको छ ।
१० मंसिर, काठमाडौं ।
करिब पाँच किलो थाई गाँजासहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको केरला मुलरिया ठेगाना भएका २९ वर्षीय अबदुल नौसाद छन् । उनीबाट ४ किलो ८ सय ग्राम थाई गाँजा बरामद भएको छ ।

बाटिक एअरको उडानमार्फ उनी थाइल्याण्डबाट मलेसिया हुँदै काठमाडौं आएका थिए । उनमाथि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरले अनुसन्धान अघि बढाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया