रविन्द्र मिश्रद्वारा दलीय राजनीतिबाट तत्कालका लागि विदा लिएको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन २३, २०८२
|
|
३७ पटक हेरिएको
Shares
रविन्द्र मिश्रद्वारा दलीय राजनीतिबाट तत्कालका लागि विदा लिएको घोषणा

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिएको घोषणा गरेका छन् ।
  • शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिएको घोषणा गरेका हुन् ।
  • उनले देशभर राजसंस्था पुनस्र्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई सङ्गठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी विविध कारणले बारम्बार विफल भएको बताएका छन् ।

२३ फागुन, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिएको घोषणा गरेका छन् । शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिएको घोषणा गरेका हुन् । उनले देशभर राजसंस्था पुनस्र्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई सङ्गठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी विविध कारणले बारम्बार विफल भएको बताएका छन् ।
विचारभन्दा माथि देश, देशका लागि नरेश, नवीन समझदारी र संरचनागत पुनरावलोकनको मार्गबिना बदलिँदो भूराजनीति र क्षयीकृत हुँदै गएको चौतर्फी आन्तरिक परिस्थितिका माझ भावी पुस्ताका लागि देश बचाउन र बनाउन सकिँदैन भन्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

उनले लेखेका छन्, ‘मैले आज जे निर्णय लिँदैछु, त्यो कुनै निराशा, हताश वा हतारमा लिँदै छैन । धेरै सोचि विचारी लिँदैछु । देशभर राजसंस्था पुनस्र्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई सङ्गठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी विविध कारणले बारम्बार विफल भएको छ, जसका लागि पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले म पनि जिम्मेवार छु । विचारभन्दा माथि देश, देशका लागि नरेश, नवीन समझदारी र संरचनागत पुनरावलोकनको मार्गबिना बदलिँदो भूराजनीति र क्षयीकृत हुँदै गएको चौतर्फी आन्तरिक परिस्थितिका माझ भावी पुस्ताका लागि देश बचाउन र बनाउन सकिँदैन भन्नेमा म विश्वस्त छु ।’ मिश्रले आफ्नो राजनीतिक यात्राको मूल्याङ्कन गर्दै भने, ‘गत ९ वर्षको अभूतपूर्व रूपमा उतार–चढावपूर्ण मेरो राजनीतिक यात्राका क्रममा मैले मेरो विवेक र बुद्धिले भ्याएसम्म इमानदारिपूर्वक राजनीतिक र राष्ट्रिय रूपान्तरणका लागि प्रयास गरेँ। त्यो प्रयास अझै पर्याप्त देखिएको छैन । तर ‘देशभन्दा माथि स्वार्थ’लाई राखेर ‘व्यक्तिले पाउने, देशले नपाउने’ कुनै पनि काम कुनै हालतमा गर्ने छैन ।’ साथै उनले देश–विदेशमा रहेका नेपाली र पार्टीका साथीहरूको समर्थनप्रति आभार व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको आगामी यात्रामा सफलता र शुभकामना दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य
नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य
इरानको इभिन जेलमा इजरायली आक्रमण : ७१ जनाको मृ*त्यु भएको पुष्टि
इरानको इभिन जेलमा इजरायली आक्रमण : ७१ जनाको मृ*त्यु भएको पुष्टि
पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही
पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही
सरकारी अस्पतालमा ओपीडी सेवा ठप्प, बिरामी अलपत्र
सरकारी अस्पतालमा ओपीडी सेवा ठप्प, बिरामी अलपत्र
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
काभ्रेको पाँचखालमा बस दुर्घटना, ८ जना घाइते
काभ्रेको पाँचखालमा बस दुर्घटना, ८ जना घाइते
पुस महिनाभित्र महाधिवेशन सम्भव, सबै युद्धस्तरमा लाग्नुपर्छः कांग्रेस नेता प्रदीप पौडेल
पुस महिनाभित्र महाधिवेशन सम्भव, सबै युद्धस्तरमा लाग्नुपर्छः कांग्रेस नेता प्रदीप पौडेल
जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह
जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह
५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु
५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु
गृहमन्त्री गुरुङको गुनासो- घरको झगडा घरभित्रै राखौं, सदनमा विरोध नगरौं
गृहमन्त्री गुरुङको गुनासो- घरको झगडा घरभित्रै राखौं, सदनमा विरोध नगरौं