१४ महिनापछि राजनीतिक कार्यक्रमा देखिइन् आरजु देउवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १०, २०८३
|
|
४३ पटक हेरिएको
Shares
१४ महिनापछि राजनीतिक कार्यक्रमा देखिइन् आरजु देउवा

सारांश

  • नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको पत्नी डा.
  • आरजु राणा देउवा धेरै समयपछि राजनीतिक कार्यक्रममा देखिएकी छन् ।
  • पूर्वपरराष्ट्र मन्त्री राणा चुनावअघि भारत हुँदै सिंगापुर गएकी थिइन् ।

 

९ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको पत्नी डा. आरजु राणा देउवा धेरै समयपछि राजनीतिक कार्यक्रममा देखिएकी छन् ।

पूर्वपरराष्ट्र मन्त्री राणा चुनावअघि भारत हुँदै सिंगापुर गएकी थिइन् । उनी सिंगापुर पुग्नुअघि फागुन १३ गते पूर्व सभापति देउवा त्यहाँ पुगिसकेका थिए ।

स्वास्थ्य उपचारका लागि देउवा दम्पत्ति सिंगापुर पुगेका थिए । सिंगापुरबाट गत चैतमा दुवै जना हङकङ पुगेका थिए । पत्नी राणालाई हङकङमा छोडेर २८ साउनमा देउवा स्वदेश फर्केका थिए ।

जेनजी आन्दोलनपछि राजनीतिक कार्यक्रममा नदेखिएकी राणा बुधबार हङकङमा एक कार्यक्रममा देखिएकी हुन् । देउवा समूहले गरेको जनसम्पर्क समितिको अधिवेशनमा उनी देखिएकी हुन् ।

देउवा पक्षका नेता किरण पौडेलले हङकङमा जनसम्पर्क समितिको अधिवेशन बुधबार भएको र राणा उक्त कार्यक्रममा सहभागी भएको जानकारी गराए ।

देउवा पक्षले मंसिर २१ गते देखि २३ सम्म महाधिवेशन गर्दैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?