काठमाडौं उपत्यकामा २४ घण्टामा ५६६ सवारीसाधनमाथि कारबाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर ८, २०८३
|
|
४७ पटक हेरिएको
Shares
काठमाडौं उपत्यकामा २४ घण्टामा ५६६ सवारीसाधनमाथि कारबाही

सारांश

  • काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५६६ सवारीसाधनमाथि कारबाही गरिएको छ ।
  • काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मंसिर ७ गते बिहान ६ बजेसम्मको २४ घण्टामा उक्त सङ्ख्यामा सवारीसाधनमाथि कारबाही गरिएको हो ।
  • कारबाहीमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६७, सीसीटीभीमार्फत पहिचान भएका ३७, ट्राफिक बत्ती उल्लङ्घन गर्ने २९ र तीव्र गतिमा सवारी चलाउने १२२ जना परेका छन् ।

 

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५६६ सवारीसाधनमाथि कारबाही गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मंसिर ७ गते बिहान ६ बजेसम्मको २४ घण्टामा उक्त सङ्ख्यामा सवारीसाधनमाथि कारबाही गरिएको हो ।

कारबाहीमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६७, सीसीटीभीमार्फत पहिचान भएका ३७, ट्राफिक बत्ती उल्लङ्घन गर्ने २९ र तीव्र गतिमा सवारी चलाउने १२२ जना परेका छन् ।

त्यस्तै, हर्न बजाउने १०, सवारीको अवस्था ठीक नभएका १८ र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने चार सवारीसाधनमाथि कारबाही गरिएको छ ।

अन्य ट्राफिक नियम उल्लङ्घनमा २७९ सवारीसाधनमाथि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?