भुर्तेल र सन्दीप चम्किँदा १००औं ओडीआईमा नेपालको जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ७, २०८३
|
|
५५ पटक हेरिएको
Shares
भुर्तेल र सन्दीप चम्किँदा १००औं ओडीआईमा नेपालको जित

सारांश

  • कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन तथा सन्दीप लामिछानेको शानदार बलिङ प्रदर्शनमा नेपालले कतारमा जारी राइजिङ स्टार्स एसिया कपमा पहिलो जित हासिल गरेको छ ।
  • आइतबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो ।
  • १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

 

६ मंसिर, काठमाडौं ।

कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन तथा सन्दीप लामिछानेको शानदार बलिङ प्रदर्शनमा नेपालले कतारमा जारी राइजिङ स्टार्स एसिया कपमा पहिलो जित हासिल गरेको छ । आइतबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो । १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

यो नेपालको १००औं ओडीआई खेल थियो । नेपालले यस खेलमा आफ्नो ५०औं जित निकालेर यस खेललाई यादगार बनाएको छ ।

भुर्तेलले ५६ बलमा ६ चौका र १ छक्कासहित ५७ रन बनाए । मयन यादवले २७ तथा बसिर अहमदले अविजित १८ रन बनाए ।

यूएईका मुहम्मद मोहसिनले २ विकेट लिए भने उदीस सुरी र अंश टन्डनले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनएको थियो । यूएईका लागि मोहम्मद शाहदादले सर्वाधिक ४० रन बनाए ।

यस्तै हरप्रीत सिंह भाटियाले ३२ रन बनाए । नूर उल्लाह अयोबीले १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा ११ रन मात्र दिएर ३ मेडन राख्दै ३ विकेट लिए । कुशल भुर्तेलले पनि ३ विकेट लिँदा नन्दन यादव, रासिद खान र ललित राजवंशीले १-१ विकेट लिए ।

नेपालले पहिलो खेलमा भारत ए सँग २६ रनमा अलआउट हुँदै ३०६ रनको हार बेहोरेको थियो । नेपालले यसपछि मंगलबार पाकिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?