परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर ६, २०८३
|
|
१८७ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सारांश

  • परराष्ट्रमन्त्री शिशिर खनालले जापानका विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्री काजुहिरो फुजीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
  • परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–जापान द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदान–प्रदान भएको थियो ।
  • सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहनुभएका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे ।

५ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जापानका विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्री काजुहिरो फुजीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–जापान द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदान–प्रदान भएको थियो ।

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहनुभएका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे ।

साथै, उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनर्निर्माणका क्रममा समेत सहयोग गर्न तत्परता देखाएकोमा जापान सरकारप्रति हार्दिक आभार व्यक्त गरे ।

जापानी उपविदेशमन्त्री फुजी नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवका अवसरमा काठमाडौं महानगरपालिका र नेपालस्थित जापानी राजदूतावासको संयुक्त आयोजनामा दरबारमार्गमा हुने नेपाल–जापान महोत्सवमा सहभागी हुन दुईदिने नेपाल भ्रमणमा आएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?