बंगलादेशमा हसिना समर्थकहरुको आन्दोलन हिंसात्मक बन्दै, सत्तारुढ पार्टीका नेताका घर जले
सारांश
- त्यस्तै, पूर्व नेता मुहम्मद युनुसको पुर्ख्यौली घरमा आगजनी भएको प्रहरीले जनाएको छ ।
- युनुस बंगलादेशको अन्तरिम सरकारमा प्रमुख थिए ।
- सत्तारुढ बंगलादेश नेशनल पार्टीका सांसद् एसएन जिलानीसहित सत्तापक्षीय नेताहरु आन्दोलनकारीको निशानामा परेका छन् ।
ढाका —
बंगलादेशमा अवामी लिगका कार्यकर्ताहरुले गरेको विरोध प्रदर्शनमा हिंसा भड्किदाँ दुई जना सत्तापक्षीय कार्यकर्ताको मृत्यु भएको छ । त्यस्तै, पूर्व नेता मुहम्मद युनुसको पुर्ख्यौली घरमा आगजनी भएको प्रहरीले जनाएको छ । युनुस बंगलादेशको अन्तरिम सरकारमा प्रमुख थिए । सत्तारुढ बंगलादेश नेशनल पार्टीका सांसद् एसएन जिलानीसहित सत्तापक्षीय नेताहरु आन्दोलनकारीको निशानामा परेका छन् । अवामी लिगका कार्यकर्ताहरुले गरेको आन्दोलनका दौरान देशका विभिन्न भाग ठप्प बनेका छन् ।

नयाँ राहदानी र परिचयपत्रका लागि हसिनाले गरेको अनुरोध सरकारले अस्वीकार गरेपछि सुरु भएको साताव्यापी विरोध प्रदर्शन र र्यालीको उत्कर्षस्वरूप अवामी लिग पार्टीले बिहीबार देशव्यापी बन्द आह्वान गरेको हो । उनीहरुले हसिनाको स्वदेश फिर्ती फिर्ती सहज बनाउन सरकारसँग माग गरेका छन् । हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्कने घोषणा गरेकी छिन् । हिंसा रोक्नका लागि हसिनाका समर्थक बाहुल्य मानिएका गोपालगन्ज र फरिदपुर लगायत सात जिल्लामा ‘बङ्गलादेश बोर्डर गार्ड’ का ९७ प्लाटुन परिचालन गरिएको गार्डका प्रवक्ता सरिफुल इस्लामले बताए । राजधानी ढाकाबाट करिब ३०० किलोमिटर (१८६ माइल) दक्षिणपूर्वमा रहेको चटगाउँस्थित पूर्व अन्तरिम नेता युनुसको पुर्ख्यौली घरमा बुधबार राति अबेर आगजनी गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया