धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु
सारांश
- गएराति राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्रदेश १-०१-०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३-००२ त १०४० नम्बरको धान काट्ने मेसिन एक-आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
- दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।
- मृत्यु हुनेमा झापाको बाह्रदशी गाउँपालिका-३ का २० वर्षीय गोपाल ताजपुरिया र बाह्रदशी-२ का १७ वर्षीय अशोक राजवंशी रहेका छन्।
झापाको बाह्रदशी गाउँपालिका-५ खटखटी टोलस्थित चारपाने-राजगढ सडकखण्डमा धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ। गएराति राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्रदेश १-०१-०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३-००२ त १०४० नम्बरको धान काट्ने मेसिन एक-आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ। मृत्यु हुनेमा झापाको बाह्रदशी गाउँपालिका-३ का २० वर्षीय गोपाल ताजपुरिया र बाह्रदशी-२ का १७ वर्षीय अशोक राजवंशी रहेका छन्। दुर्घटनापछि धान काट्ने मेसिनका चालक भागेका छन्। उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया