Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

तृतराजको अर्धशतकको मद्दतमा जनकपुरले दियो १४८ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक १६, २०८३
|
|
१४२ पटक हेरिएको
Shares
तृतराजको अर्धशतकको मद्दतमा जनकपुरले दियो १४८ रनको लक्ष्य

सारांश

  • ओपनर तृतराज दासको अर्धशतकको मद्दतमा जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्ससामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
  • त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनायो ।
  • जनकपुरका लागि ओपनर तृतराज दासले ५५ बलमा ६१ रनको योगदान दिए ।

१५ कात्तिक, काठमाडौं ।

ओपनर तृतराज दासको अर्धशतकको मद्दतमा जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्ससामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनायो ।

जनकपुरका लागि ओपनर तृतराज दासले ५५ बलमा ६१ रनको योगदान दिए । उनले ७ चौका र एक छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि मोइन अलीसँग ४७ रनको साझेदारी गरे । मोइन १६ बलमा २१ रन बनाएर आउट भए । पहिलो खेलमा पराजित पोखरा पहिलो जितको खोजीमा हुनेछ । एक खेलमा जित र एक खेलमा हार बेहोरेको जनकपुर दोस्रो जित निकाल्न चाहन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?