वेस्ट इन्डिजका शेरफन रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने
सारांश
- वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्।
- २८ वर्षीय बायाँहाते ब्याटर र मध्यम गतिका बलर रदरफोर्ड छोटो प्रारूपका आक्रामक खेलाडीका रूपमा परिचित छन्।
- उनी मध्यक्रममा ब्याटिङ गर्दै छिटो रन बनाउन सक्ने क्षमता राख्छन्।
काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्।
२८ वर्षीय बायाँहाते ब्याटर र मध्यम गतिका बलर रदरफोर्ड छोटो प्रारूपका आक्रामक खेलाडीका रूपमा परिचित छन्। उनी मध्यक्रममा ब्याटिङ गर्दै छिटो रन बनाउन सक्ने क्षमता राख्छन्।
रदरफोर्डले वेस्ट इन्डिजका लागि ३१ एकदिवसीय र ६१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एकदिवसीयमा उनले ८७३ रन बनाएका छन् भने टी–२० अन्तर्राष्ट्रियमा १ हजार १२३ रन जोडेका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर ८४ रन हो।
सबैखाले टी–२० क्रिकेटमा रदरफोर्डले २८३ खेलमा ५ हजार ९० रन बनाएका छन्। उनले यस प्रारूपमा ३२४ छक्का प्रहार गरेका छन्। उनको टी–२० ब्याटिङ स्ट्राइक रेट १४२.०५ छ।
सम्बन्धित खबर
प्रतिक्रिया