सुधार केन्द्रमा राखिएका व्यक्तिको मृ*त्यु, परिवारद्वारा प्रहरीमा उजुरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक ३, २०८३
|
|
१६८ पटक हेरिएको
Shares
सुधार केन्द्रमा राखिएका व्यक्तिको मृ*त्यु, परिवारद्वारा प्रहरीमा उजुरी

सारांश

  • झापाको बिर्तामोडस्थित शान्ति समूह नेपाल सुधार केन्द्रमा उपचाररत इलामका नरबहादुर बस्नेतको शंकास्पद मृत्यु भएको छ ।
  • मादक पदार्थ सेवनको लत छुटाउन इलाम फाकफोकथुममा बस्नेतलाई परिवारले उनलाई तीन महिनासम्म सुधार केन्द्रमा राख्ने गरी असोज २५ गते भर्ना गराएको थियो ।
  • भर्ना भएको दुई दिनपछि असोज २७ गते बस्नेतको रहस्यमय मृत्यु भएको छ ।

 

विराटनगर । झापाको बिर्तामोडस्थित शान्ति समूह नेपाल सुधार केन्द्रमा उपचाररत इलामका नरबहादुर बस्नेतको शंकास्पद मृत्यु भएको छ । मादक पदार्थ सेवनको लत छुटाउन इलाम फाकफोकथुममा बस्नेतलाई परिवारले उनलाई तीन महिनासम्म सुधार केन्द्रमा राख्ने गरी असोज २५ गते भर्ना गराएको थियो ।

भर्ना भएको दुई दिनपछि असोज २७ गते बस्नेतको रहस्यमय मृत्यु भएको छ । बस्नेतका परिवारलाई सुधार केन्द्रका सन्चालकले बस्नेत बिरामी परेको जानकारी गराएका थिए । परिवारका सदस्य पुग्नुअघि नै उनको मृत्यु भइसकेको परिवारले जनाएका छन् ।

घटनापछि सार्वजनिक भएको भनिएको सीसीटीभी भिडियोमा युवकलाई हातखुट्टा बाँधेर राखिएको र उनीमाथि कुटपिट गरिएको देखिएको छ ।

मृतकका भाइ ३१ वर्षीय तारा बस्नेतले प्रहरीमा दिएको जाहेरीअनुसार सुधार केन्द्रका सञ्चालकले नरबहादुरलाई उपचारका लागि सुरुमा कञ्चनजङ्घा अस्पताल र त्यसपछि बिर्ता सिटी अस्पताल पुर्‍याएका थिए । बिर्ता सिटी अस्पतालमा चिकित्सकले जाँच गर्दा उनको मृत्यु भइसकेको पाइएको थियो ।

शवगृहमा दाजुको शव हेर्दा शरीरका विभिन्न भागमा चोटपटक देखिएको तारा बस्नेतले बताएका छन् । उनले सुधार केन्द्रका सञ्चालकको लापरवाहीका कारण दाजुको मृत्यु भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

भिडियो सार्वजनिक

सार्वजनिक भएको सीसीटीभी भिडियोमा नरबहादुरलाई कोठाभित्र अस्पतालको शय्याजस्तो संरचनामा हातखुट्टा बाँधेर राखिएको देखिन्छ ।

पीडाले छटपटाइरहेका बेला सोही कोठामा रहेका तीन–चार जनाले उनको शरीरका विभिन्न भागमा थिचेको दृश्यसमेत भिडियोमा देखिएको छ । परिवारले भिडियोसहित प्रहरीमा जाहेरी दिएका छन । भिडियोमा एक जनाले बेडमा सुतेका व्यक्तिको दाहिने हातमा डोरी बाँधेको, अर्का व्यक्तिले गालामा थप्पड हानेको र अर्को एक जनाले लट्ठी बोकेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय झापाले घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...