उपत्यका छाड्ने यात्रुहरुको संख्या ४ लाख ९६ हजार नाघ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २, २०८३
|
|
११४ पटक हेरिएको
Shares
उपत्यका छाड्ने यात्रुहरुको संख्या ४ लाख ९६ हजार नाघ्यो

सारांश

  • बडादशैं मनाउन वा अन्य कामले काठमाडौं उपत्यका छाड्ने यात्रुहरुको संख्या ४ लाख ९६ हजार नाघेको छ ।
  • नेपाल न्यूज बैंकसँगको कुराकानीमा काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार हालसम्म ७८ हजार सार्वजनिक सवारीसाधनले उपत्यका छाडेको र ४ लाख ९६ हजार यात्रु बाहिरिएका छन् ।
  • यो तथ्यांक घटस्थापनादेखि यताको हो ।

 

काठमाडौं । बडादशैं मनाउन वा अन्य कामले काठमाडौं उपत्यका छाड्ने यात्रुहरुको संख्या ४ लाख ९६ हजार नाघेको छ ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार हालसम्म ७८ हजार सार्वजनिक सवारीसाधनले उपत्यका छाडेको र ४ लाख ९६ हजार यात्रु बाहिरिएका छन् । यो तथ्यांक घटस्थापनादेखि यताको हो ।

तर दशैंको महअष्टमीको दिन घर फर्कने यात्रुहरुको चाप निकै देखिएको पनि उनले जानकारी दिए । निजी सवारी साधनबाट बाहिरिने यात्रुको तथ्यांक आइनसकेको उनले बताए ।

महाअष्टमीका दिन बिहान उपत्यकाबाट बाहिरिने गाडीको चाप बढी देखिए पनि दिउँसो भने क्रमशस् कम हुँदै गएको उनले बताए ।

उपत्यका छाड्को संख्या बढ्सँगै उपत्यकाका सडकमा सवारी साधनको चाप घटेको छ । तर तिब्र गतिमा सवारी चलाउने, लापसे–मापसे गर्नेहरुलाई कडाइ गरिएको पनि प्रवक्ता सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...