पत्रकार किशोर श्रेष्ठ मिलापत्र कागज गरेर छुटे
सारांश
- कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठ मिलापत्र कागज गरेर छुटेका छन् ।
- श्रेष्ठलाई प्रहरीले आजै बिहान ललितपुरस्थित नख्खु, बागडोलमा रहेको उनकै घरबाट पक्राउ गरेको थियो।
- कलाकार पन्तले अर्काको सम्पत्ति हडपेको विषयमा श्रेष्ठले आफू सम्बद्ध जनआस्था अनलाइनमा समाचार सम्प्रेषण गरेका थिए ।
काठमाडौं । कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठ मिलापत्र कागज गरेर छुटेका छन् ।
श्रेष्ठलाई प्रहरीले आजै बिहान ललितपुरस्थित नख्खु, बागडोलमा रहेको उनकै घरबाट पक्राउ गरेको थियो।

कलाकार पन्तले अर्काको सम्पत्ति हडपेको विषयमा श्रेष्ठले आफू सम्बद्ध जनआस्था अनलाइनमा समाचार सम्प्रेषण गरेका थिए । त्यसप्रति आपत्ति जनाउँदै पन्तले प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएका थिए । ब्यूरोस्रोतका अनुसार दुईजनाबीच तीन घण्टा छलफल भएको छ । छलफलपछि मिलापत्र कागज गरेर श्रेष्ठलाई घर जान अनुमति दिइएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...
प्रतिक्रिया