कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का ठगी आरोपमा पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन २४, २०८३
|
|
७४ पटक हेरिएको
Shares
कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का ठगी आरोपमा पक्राउ

सारांश

  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार दिउँसो काठमाडौँको नयाँ बसपार्क क्षेत्रबाट खड्कालाई पक्राउ गरेको हो।
  • रामेछापको सुनापती घर भएकी खड्कालाई गठी आरोपमा पक्राउ गरिएको ब्युरोका एसएसपी अनुपम शमशेर जबराले जानकारी दिएका छन्।
  • खड्काविरूद्ध पीडित युवाहरुले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीको लागि इसराइल पठाइदिने भन्दै ठगी गरेको आरोपमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ परेकी छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार दिउँसो काठमाडौँको नयाँ बसपार्क क्षेत्रबाट खड्कालाई पक्राउ गरेको हो।

रामेछापको सुनापती घर भएकी खड्कालाई गठी आरोपमा पक्राउ गरिएको ब्युरोका एसएसपी अनुपम शमशेर जबराले जानकारी दिएका छन्।

खड्काविरूद्ध पीडित युवाहरुले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

खड्का हाल जारी कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यकी उम्मेदवार छिन्।

उनीमाथि ठगी, आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढाउने तयारी प्रहरीले गरेको छ।

यही प्रकरणमा प्रहरीले यसअघि नै कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि भरत चौलागाईं, बालिका सिवाकोटी, ज्ञान बहादुर कार्की र शिवराम श्रेष्ठ पक्राउ परेका थिए।

उनीहरुले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनको नाम  दुरुपयोग गरेर ठगेको आरोप छ।

खड्कासहित उनीहरुले केयर गिभरको रोजगारीका लागी इजरायलमा पटाउँछौँ भनेर २ करोड ५० लाख ठगी गरेको दाबी प्रहरीले गरेको छ।

एसएसपी जबराका अनुसार दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएकी ३२ वर्षीया बालिका सिवाकोटीले आफूले सङ्कलन गरेको रकम मध्ये डेढ करोड रुपैयाँ नगद भरत चौलागाईंलाई दिएको बयान दिएकी छन्। खड्काले पनि ठगीको रकम बाँडफाँड गरेर लिएको खुलेको छ।

वैदेशिक रोजगारीका लागी नेपालबाट इजरायलमा कामदार पठाउन सरकारले सन् २०२४ मा परीक्षा लिएको थियो।

त्यतिबेला लक्की ड्र मार्फत २ हजार ९९ जना छानिएका थिए। तर, लक्की ड्रमा नपरेका १५६ जनालाई उनीहरुले हामी इजरायल पठाउँछौँ भनेर रकम असुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गभर्नर नियुक्तिमा अनेकौँ चलखेल भइरहेकाे छ : प्रचण्ड
गभर्नर नियुक्तिमा अनेकौँ चलखेल भइरहेकाे छ : प्रचण्ड
किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
राप्रपाका संघ र प्रदेशका सबै सांसदले दिए राजीनामा
राप्रपाका संघ र प्रदेशका सबै सांसदले दिए राजीनामा
आज लुम्बिनी र मधेशमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण
आज लुम्बिनी र मधेशमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण
अमेरिका पठाइदिने भन्दै २१ लाख ठगी, दुईजना पक्राउ
अमेरिका पठाइदिने भन्दै २१ लाख ठगी, दुईजना पक्राउ
रसुवा बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन
रसुवा बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन
औषधि लिमिटेडका औषधि सरकारी स्वास्थ्य संस्थामा बिक्री गर्न स्वास्थ्य मन्त्री पौडेलको पहल
औषधि लिमिटेडका औषधि सरकारी स्वास्थ्य संस्थामा बिक्री गर्न स्वास्थ्य मन्त्री पौडेलको पहल
आर्थिक सुधार र सुशासनलाई केन्द्रमा राख्दै नेकपाको संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक
आर्थिक सुधार र सुशासनलाई केन्द्रमा राख्दै नेकपाको संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक
प्रधानमन्त्री कार्की र बेलायती राजदूत फेन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री कार्की र बेलायती राजदूत फेन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता
पूर्वविशिष्टलाई सुविधा दिन कानुन बनाउन लागिएको हो : गृहमन्त्री
पूर्वविशिष्टलाई सुविधा दिन कानुन बनाउन लागिएको हो : गृहमन्त्री