११ श्रावण २०८२, शनिबार

रुपन्देहीमा डढेलो निभाउन पुगेको दमकलनै जलेर नष्ट

१२ वैशाख, बुटबल। रुपन्देहीमा डढेलो निभाउन गएको एउटा दमकल नै जलेर ध्वस्त भएको छ ।

तिलोत्तमा नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकल बुधवार दिउँसो गणेशनगरको डढेलो निभाउन जाँदा डढेर ध्वस्त भएको हो । तिलोत्तमा–८ गणेशनगरको जंगलमा डढेलो निभाउन गएको दमकलमा हावासँगै एक्कासि आगलागी भएको थियो । दमकलको इन्जिनसहितको भाग पूर्णरूपमा जलेको छ । घटनामा मानवीय क्षति भने नभएको प्रहरी चौकी मंगलापुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?