२ दिनमा ८८ सय घटेको सुनको भाउ आज बढ्यो, चाँदीको मूल्य पनि उकालो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १४, २०८३
|
|
१४७ पटक हेरिएको
Shares
२ दिनमा ८८ सय घटेको सुनको भाउ आज बढ्यो, चाँदीको मूल्य पनि उकालो

सारांश

  • सुनको भाउ आज तोलामा २ हजार ८ सय रुपैयाँ बढेर २ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यववसायी महासंघले जनाएको छ।
  • सोमबार तोलामा ५ हजार घटेको सुनको भाउ हिजो पनि तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको थियो।
  • मंगलबार सुनको भाउ २ लाख ९० हजार ५ सय रुपैयाँ थियो।

दुई दिनमा तोलामा ८ हजार ८ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ।

सुनको भाउ आज तोलामा २ हजार ८ सय रुपैयाँ बढेर २ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यववसायी महासंघले जनाएको छ।

सोमबार तोलामा ५ हजार घटेको सुनको भाउ हिजो पनि तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको थियो।

मंगलबार सुनको भाउ २ लाख ९० हजार ५ सय रुपैयाँ थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि पनि बढेको छ। तोलामा ३० रुपैयाँ बढेर चाँदीको भाउ आज ४ हजार ४ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

हिजो तोलामा २ सय ६० रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ३ सय ९५ रुपैयाँमा झरेको थियो। त्यसअघि सोमबार पनि चाँदीको भाउ तोलामा १ सय ४५ रुपैयाँ घटेको थियो।

गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?