मलंगवामा ओम शिवम पाइपको प्राविधिक अन्तरक्रिया
सारांश
- ओम शिवम पाइप एण्ड फिटिङ्सले सर्लाहीको मलङ्गवामा प्राविधिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
- मलङ्गवास्थित होटल सुजाता प्यालेसमा आयोजित कार्यक्रममा करिब ४० जना प्राविधिक तथा प्लम्बरको सहभागिता रहेको थियो।
- कार्यक्रममा लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडका नायब महाप्रबन्धक विक्रम खतीवडाले कम्पनीको बजार विस्तारमा प्राविधिकहरूको भूमिका महत्वपूर्ण रहेको बताए।
११ असोज, सर्लाही ।
ओम शिवम पाइप एण्ड फिटिङ्सले सर्लाहीको मलङ्गवामा प्राविधिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
मलङ्गवास्थित होटल सुजाता प्यालेसमा आयोजित कार्यक्रममा करिब ४० जना प्राविधिक तथा प्लम्बरको सहभागिता रहेको थियो।
कार्यक्रममा लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडका नायब महाप्रबन्धक विक्रम खतीवडाले कम्पनीको बजार विस्तारमा प्राविधिकहरूको भूमिका महत्वपूर्ण रहेको बताए। उनले प्राविधिकहरूको साथ, सहयोग र आवश्यकतामा कम्पनी सधैं तयार रहने प्रतिबद्धता व्यक्त गर्दै सहभागी प्राविधिकका लागि प्रतिव्यक्ति ७ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराइएको जानकारी दिए।

खतीवडाले गुणस्तरीय पाइप तथा फिटिङ्स उत्पादनसँगै कम्पनीले प्राविधिक, डिलर र वितरकसँग दीर्घकालीन सम्बन्ध कायम गर्दै अघि बढ्ने बताए। कम्पनी र प्राविधिकबीचको सम्बन्ध व्यापारमा मात्र सीमित नभई विश्वास, सहकार्य र साझेदारीमा आधारित हुनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा मलङ्गवाका वितरक नगेन्द्र साहले उत्पादनको गुणस्तरकै कारण आफू कम्पनीसँग आबद्ध भएको बताए। बजारमा कम्पनीका उत्पादनप्रति ग्राहक र प्राविधिकहरूको विश्वास बढ्दै गएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने बताए।

सर्लाहीका बजार प्रतिनिधि सुमन खतीवडाले प्राविधिक तथा ग्राहकलाई आवश्यक सहयोगका लागि आफू सधैं तत्पर रहेको बताए। उनले बजारबाट प्राप्त सुझाव र समस्यालाई कम्पनीसम्म पुर्याएर समाधानका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाए।
अन्तरक्रियामा सहभागी प्राविधिकहरूले उत्पादनको गुणस्तर, प्राविधिक प्रयोग तथा बजार सेवासम्बन्धी अनुभव र सुझाव राखेका थिए। कम्पनीले यस्ता कार्यक्रममार्फत डिलर, वितरक र प्राविधिकसँगको सम्बन्ध थप मजबुत बनाउँदै बजार उपस्थितिलाई विस्तार गर्दै आएको जनाएको छ।

प्रतिक्रिया