पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सारांश
- एमालेको केन्द्रीय समिति बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा अनुमोदन गरेको छ ।
- पार्टी सचिवालयको आजको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो ।
- उक्त निर्णयलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको हो ।
८ असोज, काठमाडौं । एमालेको केन्द्रीय समिति बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा अनुमोदन गरेको छ । पार्टी सचिवालयको आजको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको हो ।
एमालेले गत फागुनको चुनावमा हारेपछि पार्टीभित्र समीक्षा गर्दै जेठमा सदस्यता खुलाउने निर्णय गरेको थियो । त्यसअघि एमालेले राष्ट्रपति भएर देशको अभिभावकत्व गरिरहेको व्यक्ति पार्टी राजनीतिमा आउन नमिल्ने तर्क गर्दै भण्डारीको सदस्यता रोकेको थियो ।
सात वर्षभन्दा बढी राष्ट्रपति भएर बाहिरिएकी भण्डारी पुन: पार्टी राजनीतिमै आउन चाहेकी थिइन् । तर पार्टीभित्रको शक्ति सन्तुलनमा उनको निर्णायक भूमिका हुने देखिएपछि अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले उनको पुन: राजनीतिक सक्रियतालाई रोकेका थिए ।
पार्टीभित्रको सन्तुलनमा पुन: बिग्रिएपछि अध्यक्ष ओली नै भण्डारीलाई पार्टीमा सक्रिय हुने बाटो खोल्न तयार भएका हुन् ।
प्रतिक्रिया