सेयर बजारका सबै सूचक घटे, कारोबार खस्कियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ७, २०८३
|
|
८६ पटक हेरिएको
Shares
सेयर बजारका सबै सूचक घटे, कारोबार खस्कियो

सारांश

  • बुधबार सेयर बजारका सबै सूचक घटेका छन् ।
  • परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३६.
  • २५ अंक (१.

७ असोज, काठमाडौं ।

बुधबार सेयर बजारका सबै सूचक घटेका छन् । परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३६. २५ अंक (१.३६ प्रतिशत) घटेको छ । यो कमीपछि नेप्से परिसूचक २६१८ अंकमा कायम भएको छ ।कारोबार रकम पनि खस्किएको छ । अघिल्लो दिन ७ अर्ब ४ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३५ करोडको भयो । जीवन बीमा समूह सबैभन्दा धेरै २.०४ प्रतिशत घट्यो ।

त्यस्तै बैंकिङ १.२२, विकास बैंक १.३६, फाइनान्स १.०९, होटल तथा पर्यटन ०.९८, जलविद्युत् १.६६, लगानी १.४९, उत्पादन तथा प्रशोधन ०.४५, माइक्रोफाइनान्स १.३१ प्रतिशत घटे । निर्जीवन बीमा १.३२, अन्य १.६५ र व्यापार १.२६ प्रतिशत घटे । आज जम्मा २३ कम्पनीको मूल्य बढ्दा २५३ को घटेको छ । २ कम्पनीको मूल्य स्थिर रह्यो । धौलागिरि लघुवित्तको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै सीवाईसी लघुवित्तको ५.४४, विकास हाइड्रोपावरको ३.५४, बोटलर्स नेपाल बालाजुको ३, मिडसोलु हाइड्रोपावरको २.६४ प्रतिशत मूल्य बढ्यो । फर्स्ट माइक्रोफाइनान्सको ८.५४, माउन्ट एभरेस्ट पावरको ५.७२, इङवा हाइड्रोपावरको ५.२२, पियोर इनर्जीको ४.७९ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन डिस्टिलरी, लक्ष्मी सनराइज बैंक, आँखुखोला जलविद्युत् तथा घलेम्दी हाइड्रोपावर क्रमश अगाडि रहे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्रीको अभिव्यक्तिमा विपक्षीको विरोध
राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्रीको अभिव्यक्तिमा विपक्षीको विरोध
यू-१९ महिला टी-२० विश्वकप छनोट : युएईसँग नेपाल १३ रनले पराजित
यू-१९ महिला टी-२० विश्वकप छनोट : युएईसँग नेपाल १३ रनले पराजित
साताको अन्तिम कारोबारका दिन दोहोरो अंकले बढ्यो नेप्से
साताको अन्तिम कारोबारका दिन दोहोरो अंकले बढ्यो नेप्से
बैतडीमा जीप दुर्घटना : २ जनाको मृत्यु, ४ घाइते
बैतडीमा जीप दुर्घटना : २ जनाको मृत्यु, ४ घाइते
नगरपालिकाको बेवास्तापछि स्थानीय युवाद्वारा सडक मर्मत
नगरपालिकाको बेवास्तापछि स्थानीय युवाद्वारा सडक मर्मत
कैलाली-२ मा रास्वपाका २६ वर्षीय केपी खनाल विजयी
कैलाली-२ मा रास्वपाका २६ वर्षीय केपी खनाल विजयी
पत्रकार सुरेश रजकको पोस्टमार्टम : गोली भेटिएन, जलेर मृत्यु भएको पुष्टि
पत्रकार सुरेश रजकको पोस्टमार्टम : गोली भेटिएन, जलेर मृत्यु भएको पुष्टि
भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयोः प्रधानमन्त्री ओली   
भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयोः प्रधानमन्त्री ओली   
गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु
गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना