रेश्मिका ह*त्या प्रकरणमा पक्राउ परेका ३ जनाले पाए सफाइ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ६, २०८३
|
|
१६१ पटक हेरिएको
Shares
रेश्मिका ह*त्या प्रकरणमा पक्राउ परेका ३ जनाले पाए सफाइ

सारांश

  • जिल्ला अदालत खोटाङले रेश्मिका परियारको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनालाई सफाइ दिएको छ ।
  • दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेकी २६ वर्षीय रेश्मिकाको हत्यामा संलग्न भएको आरोपमा गत जेठ १२ गते पक्राउ परेका बतासेकै हेमन परियार, दिपक राई र दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीका दिपक श्रेष्ठलाई जिल्ला अदालतले सफाइ दिएको हो ।
  • जिल्ला न्यायाशीश फणीन्द्रप्रसाद पराजुलीको एकल इजलासबाट तीन जना आरोपीले असोज ५ गते सफाइ पाएका हुन् ।

 

६ असोज, खोटाङ ।

जिल्ला अदालत खोटाङले रेश्मिका परियारको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनालाई सफाइ दिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेकी २६ वर्षीय रेश्मिकाको हत्यामा संलग्न भएको आरोपमा गत जेठ १२ गते पक्राउ परेका बतासेकै हेमन परियार, दिपक राई र दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीका दिपक श्रेष्ठलाई जिल्ला अदालतले सफाइ दिएको हो ।जिल्ला न्यायाशीश फणीन्द्रप्रसाद पराजुलीको एकल इजलासबाट तीन जना आरोपीले असोज ५ गते सफाइ पाएका हुन् । घटनामा दोषी प्रमाणित नभएका कारण उनीहरुले सफाइ पाएको जिल्ला अदालतका श्रेस्तेदार रामचन्द्र मण्डलले बताए ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारीमा कार्यरत रेश्मिका २०८२ भदौ ३० गते राति बतासेको ह्याकुले र रमितेडाँडाबीचमा पर्ने मार्से सामुदायिक वनमा मृत फेला परेकी थिइन् ।

घटनामा बतासेकै १५/१६ वर्षका किशोर भने दोषी ठहर भइसकेका छन् । अदालतबाट दोषी ठहर भएका किशोरले हाल सजाय भुक्तान गरिरहेका छन् । १८ वर्षभन्दा कम उमेर भएका कारण नाम गोप्य राखिएको अभियुक्तलाई प्रहरीले २०८२ असोज १ गते पक्राउ गरेको थियो ।

पीडित पक्षले भने रेश्मिकाको बलात्कारपछि हत्यामा एक जना किशोरको मात्रै नभएर अन्य तीन जनाको पनि संलग्नता रहेको दाबी गर्दै आएका छन् ।

पीडित पक्षले थप तीन जना युवालाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन माग गर्दै उच्च अदालत ओखलढुंगामा २०८२ चैतमा किटानी जाहेरी दिएका थिए । सोही किटानी जाहेरीपछि उच्च अदालतको आदेशमा प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।

रेश्मिकाको सामूहिक बलात्कारपछि हत्या गरिएको दाबीसहित पीडित परिवार तथा दलित अधिकारकर्मी चरणबद्ध आन्दोलनमा छन् । पीडितले माइतीघर मण्डलामा समेत प्रदर्शन गरेका थिए । तीन जना आरोपीले सफाइ पाएपछि जिल्ला अदालत परिषरमा नाराबाजी भएको थियो ।

दिउँसो ४ बज्न लाग्दा सहकारीको कार्यालयबाट हिँडेकी रेश्मिका राति अबेरसम्म घर नपुगेपछि खोजी गर्नेक्रममा सडकभन्दा करिब दुई सयमिटर तल बाँस घारीमा मृत अवस्थामा भेटिएकी थिइन् ।

प्रत्यक्षदर्शीका अनुसार रेश्मिकाको चप्पल सडकमुनि कुनामा भेटिएको थियो । सडकदेखि शव रहेको स्थानसम्म घिसारिएको र झाडी मडारिएको देखिएको थियो । त्योभन्दा केही तल झोला र अन्डरवेर देखिएको थियो ।

सबैभन्दा तल घाँटीमा कालो सलले बेरेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । अन्डरवेर पाखामा भेटिए पनि शव भने लुगा लगाएको अवस्था देखिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वनका कर्मचारी प्रदेशमै समायोजन हुने
वनका कर्मचारी प्रदेशमै समायोजन हुने
आजदेखि एसइई परीक्षा
आजदेखि एसइई परीक्षा
सरकार जनता र सदनप्रति अनुत्तरदायी बनेको छ :अध्यक्ष राई
सरकार जनता र सदनप्रति अनुत्तरदायी बनेको छ :अध्यक्ष राई
ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा विष्ट र उपमहासचिवमा भट्टराई विजयी
ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा विष्ट र उपमहासचिवमा भट्टराई विजयी
आजबाट उपत्यका बाहिर जाने सवारी साधन नयाँ बसपार्कबाट मात्रै छुट्ने 
आजबाट उपत्यका बाहिर जाने सवारी साधन नयाँ बसपार्कबाट मात्रै छुट्ने 
न्यूजील्याण्ड महिला टी-२० विश्वकपको सेमिफाइनलमा, भारत र पाकिस्तान बाहिरिए
न्यूजील्याण्ड महिला टी-२० विश्वकपको सेमिफाइनलमा, भारत र पाकिस्तान बाहिरिए
शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता
शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता
मेरो कार्यकालमा भारत र चीनसँग सन्तुलित सम्बन्ध थियो : प्रचण्ड
मेरो कार्यकालमा भारत र चीनसँग सन्तुलित सम्बन्ध थियो : प्रचण्ड
यू-१९ महिला विश्‍वकप : स्कटल्यान्डविरूद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै
यू-१९ महिला विश्‍वकप : स्कटल्यान्डविरूद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै
कुस्मा बजारमा ८० लाख खर्चेर निर्माण गरिएको घण्टाघर प्रयोगहीन, घडी नै नेपालमा पाइएन
कुस्मा बजारमा ८० लाख खर्चेर निर्माण गरिएको घण्टाघर प्रयोगहीन, घडी नै नेपालमा पाइएन