चिनियाँ राष्ट्रपति सी असोज ७ गते अमेरिका भ्रमणमा जाँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ५, २०८३
|
|
१०४ पटक हेरिएको
Shares
चिनियाँ राष्ट्रपति सी असोज ७ गते अमेरिका भ्रमणमा जाँदै

सारांश

  • चिनियाँ राष्ट्रपति सी जिनपिङ यही सेप्टेम्बर २३ तारिख अर्थात् असोज ७ गतेदेखि अमेरिका भ्रमणमा जाने भएका छन् ।
  • यो जानकारी चिनियाँ विदेश मन्त्रालयले सोमबार दिएको हो ।
  • मन्त्रालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति सीको औपचारिक अमेरिका भ्रमण सेप्टेम्बर २३ देखि २५ सम्म (असोज ७ गतेदेखि ९ गतेसम्म) हुने उल्लेख छ ।

 

५ असोज, काठमाडौं ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ यही सेप्टेम्बर २३ तारिख अर्थात् असोज ७ गतेदेखि अमेरिका भ्रमणमा जाने भएका छन् । यो जानकारी चिनियाँ विदेश मन्त्रालयले सोमबार दिएको हो ।मन्त्रालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति सीको औपचारिक अमेरिका भ्रमण सेप्टेम्बर २३ देखि २५ सम्म (असोज ७ गतेदेखि ९ गतेसम्म) हुने उल्लेख छ ।उनी समकक्षी ट्रम्पको औपचारिक निमन्त्रणमा अमेरिका जान लागेका हुन् ।

यसअघि गत शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरुले ट्रम्पलाई चिनियाँ राष्ट्रपतिको भ्रमणको मितिबारे सोधेका थिए । त्यसक्रममा ट्रम्पले भनेका थिए– ‘हाम्रो सम्बन्ध राम्रो छ, उहाँ आगामी हप्ता आउनुहुन्छ । हाम्रो बैठक निकै राम्रो हुनेछ ।’ट्रम्पले अमेरिका र चीनबीच विभिन्न सम्झौताहरु पनि हुने बताएका थिए ।गत मे महिनामा ट्रम्पले चीन भ्रमण गर्दा उनीहरुबीच बेइजिङमा भेटवार्ता भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ