काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, अब ६ रुटमा ३० बस

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ४, २०८३
|
|
१०४ पटक हेरिएको
Shares
काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, अब ६ रुटमा ३० बस

सारांश

  • काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न ९ वटा स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका छन् ।
  • काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर १ वैशाखदेखि सुरु परीक्षणका रूपमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवा विस्तार गरी अगाडि बढाउन आवश्यकताका आधारमा दायित्व वहन गर्ने गरी स्थानीय तह साझा कार्यक्रममा आबद्ध भएका हुन् ।
  • रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं वाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने यसको उद्देश्य सहित संविधान दिवसको दिन पारेर स्थानीय तहका प्रमुखहरूले साझा यातायातसँग समझदारीपत्रमा हस्ताक्षर गरे ।

 

४ असोज, काठमाडौं ।

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न ९ वटा स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका छन् । काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर १ वैशाखदेखि सुरु परीक्षणका रूपमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवा विस्तार गरी अगाडि बढाउन आवश्यकताका आधारमा दायित्व वहन गर्ने गरी स्थानीय तह साझा कार्यक्रममा आबद्ध भएका हुन् ।

रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं वाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने यसको उद्देश्य सहित संविधान दिवसको दिन पारेर स्थानीय तहका प्रमुखहरूले साझा यातायातसँग समझदारीपत्रमा हस्ताक्षर गरे । हस्ताक्षर गर्नेमा काठमाडौं र ललितपुर महानगरपालिका तथा बूढानीलकण्ठ, गोदावरी, चन्द्रागिरि, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमि नगरपालिका छन् । यसमा साझा यातायातका तर्फबाट अध्यक्ष सुशीलराज प्याकुरेलले हस्ताक्षर गरे । हस्ताक्षर लगत्तै ६ वटा रुटका लागि ३० वटा बस सञ्चालन थालिएको थियो । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले संविधानबाट नागरिकका लागि प्रत्याभूत आधारभूत आवश्यकताको पहुँच बढाउँदै जाने क्रममा रात्रिकालीन बस सेवा थप विकास र विस्तार गर्दै लगिएको बताइन् ।

उनका अनुसार परीक्षण कालमा अभ्यास गरिएको २ वटा रुटमा ४ वटा बस थपिएको छ । ७ वटा गाडीलाई ३० वटा पुर्‍याइएको छ । ४ नगरपालिकाको सहकार्यमा ९ पुगेको छ ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले उपत्यकावासीको यातायात सहजताका लागि संघ सरकारबाट मेट्रो सञ्चालन योजना आउनुपर्नेमा नआएपछि स्थानीय स्तरमा सञ्चालनमा ल्याउन सकिने प्रणालीमा सहकार्य थालिएको बताए ।

साझाका अध्यक्ष प्याकुरेलले संविधान दिवसका दिन सर्वसाधारणले रातको समयमा सुरक्षित आवतजावत गर्ने एउटा भरपर्दो सेवा सुरु भएको बताए ।

कुन–कुन रुटमा चल्छन् साझा बस ?

विस्तारित सेवा अन्तर्गत जगाती–सूर्यविनायक हुँदै ठमेलसम्म ६ वटा, साविक लगनखेल–बूढानीलकण्ठलाई विस्तार गरी गोदावरीसम्म ६ वटा, रिङरोडमा घडीको दिशामा र विपरीत दिशामा ८ वटा, कीर्तिपुर–जमलमा ४ वटा, टाखेल–ठमेलमा २ वटा तथा साविक नागढुङ्गा–एयरपोर्ट रुटमा ४ वटा बस सञ्चालन गरिने छ ।

यसअघि लगनखेलदेखि बूढानीलकण्ठ तथा नागढुङ्गादेखि एयरपोर्टसम्म राति ८ बजेदेखि ११ बजेसम्म सात वटा बसमार्फत नमुना सेवा सञ्चालन गरिएको थियो ।

रात्रिकालीन बस सञ्चालनमा लाग्ने खर्च यात्रुबाट प्राप्त हुने टिकट आम्दानीले धान्न नसके त्यसबाट अपुग हुने रकमको ५० प्रतिशत सम्बन्धित सात नगरपालिकाले समान बहोर्ने र बाँकी ५० प्रतिशत रकम सम्बन्धित नगरपालिकाको जनसंख्याका आधारमा काठमाडौं महानगरपालिकाले १८.५५ प्रतिशत, ललितपुरले १८.५५ तथा अन्य सात नगरपालिकाले ९ प्रतिशतका दरले बेहोर्ने सहमति गरिएको छ । सेवा सञ्चालन गर्न खर्च नपुग भए साझा यातायातले त्रैमासिक रूपमा माग गर्ने सहमतिमा उल्लेख छ ।

रुटमा यात्रु चढ्ने तथा ओर्लने स्थान सम्बन्धित नगरपालिकाले निर्धारण गर्नेछन् । ती स्थानमा आर्थिक वर्ष २०८३/८४ भित्र डिजिटल साइनेज बोर्ड जडान गरी डिजिटल बस स्टप निर्माण तथा सञ्चालन गर्ने जिम्मेवारी साझा यातायातलाई दिइएको छ ।

चक्रपथमा यातायात सेवा प्राप्त भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सेवा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिने छ । यसरी यात्रा गर्दा अधिकतम ८० रुपैयाँ भाडा लाग्ने छ । टिकटबाट हुने आर्थिक चुहावट रोक्न साझाले १ असोजदेखि डिजिटल टिकेटिङ प्रणाली विकास गरेको छ । यसमा क्यूआरबाट वा नगद नै दिएर पनि टिकट लिन सकिने छ ।

साझा यातायातमा नेपाल सरकारको ३ अर्ब रुपैयाँ र काठमाडौं महानगरपालिकाको १५ करोड रुपैयाँ बराबर सेयर लगानी छ । अहिले साझासँग १ सय ११ वटा बस छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबै कामको दोष नेताको टाउकोमा थुपार्न पाइँदैनः सभापति देउवा
सबै कामको दोष नेताको टाउकोमा थुपार्न पाइँदैनः सभापति देउवा
बक्र ईदले मेलमिलाप, एकता र सहकार्यमा सहयोग पुग्ने मधेशका मुख्यमन्त्री सिंहको विश्वास
बक्र ईदले मेलमिलाप, एकता र सहकार्यमा सहयोग पुग्ने मधेशका मुख्यमन्त्री सिंहको विश्वास
बालमन्दिरको अवस्था बारे मन्त्रीलाई ध्यानाकर्षण
बालमन्दिरको अवस्था बारे मन्त्रीलाई ध्यानाकर्षण
उपसभामुख राना चीनको ६ दिने भ्रमण सकेर स्वदेश फर्किइन्
उपसभामुख राना चीनको ६ दिने भ्रमण सकेर स्वदेश फर्किइन्
डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना सबै अस्पतालमा टाँसिने
डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना सबै अस्पतालमा टाँसिने
महासमितिबारे छलफल गर्न देउवाले बोलाए कार्यसम्पादन समिति
महासमितिबारे छलफल गर्न देउवाले बोलाए कार्यसम्पादन समिति
पाकिस्तानमा तालिवानविरूद्धको कारबाहीका क्रममा झडप, सर्वसाधारणसहित आठ सैनिकको मृत्यु
पाकिस्तानमा तालिवानविरूद्धको कारबाहीका क्रममा झडप, सर्वसाधारणसहित आठ सैनिकको मृत्यु
कुलेखानी-दक्षिणकाली सडक अनिश्चितकालका लागि बन्द
कुलेखानी-दक्षिणकाली सडक अनिश्चितकालका लागि बन्द
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
भारतीय विदेश सचिव मिस्रीद्वारा नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल र ५ सैनिक घोडा उपहार
भारतीय विदेश सचिव मिस्रीद्वारा नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल र ५ सैनिक घोडा उपहार