यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २, २०८३
|
|
६५ पटक हेरिएको
Shares
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

सारांश

  • मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक भएका छन् ।
  • सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सरकारका मुख्य निर्णयहरू सुनाएका हुन् ।
  • दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो ।

३ असोज, काठमाडौं ।

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सरकारका मुख्य निर्णयहरू सुनाएका हुन् । दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले रिक्त रहेका १३ देशका राजदूतसहित सिफारिस गर्ने लगायतका अन्य निर्णयहरू गरेको छ ।

–देहायका व्यक्तिहरूलाई तपसिल बमोजिमका मुलुकहरूमा नेपाली राजदूतको पदमा नियुक्तिका लागि सिफारिस गर्ने र संसदीय सुनुवाइका लागि संसदीय सदनसमक्ष लेखि पठाउने ।

१. डा. निश्चलनाथ पाण्डे — भारत

२. डा. कल्याणराज शर्मा — चीन

३. चिरनजंग थापा –संयुक्त राज्य अमेरिका

४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा — संयुक्त अधिराज्य (यूके)

५. जिज्ञान कुमार थापा – जापान

६. सुरेशकुमार कर्ण – इजरायल

७. प्राप्ति शेरचन – स्पेन

८. शरू जोशी — जर्मनी

९. डा. पद्माक्षी राणा — ओमान

१०. चूडामणि खरेल — मलेसिया

११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरिया

१२. डा. मंचला झा — श्रीलंका

१३. गिरीबहादुर सुनार — साउदी अरेबिया

–नेपाली नागरिकता पाँचौँ संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने ।

–साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत रहेको नेपाल मौसम विभागलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत राहनेगरी नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ संशोधन गर्ने ।

–नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायु कुमार श्रेष्ठ, काठमाडौंलाई नियुक्त

–सहसचिव रुद्रसिंह तामाङलाई राजपत्रांकृत विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषामा गोली हानेर लागूऔषध कारोबारी पक्राउ
धनुषामा गोली हानेर लागूऔषध कारोबारी पक्राउ
सुनचाँदी व्यवसायीलाई प्रधानमन्त्रीले भने– मिल्नेसम्मका माग पूरा गर्छु
सुनचाँदी व्यवसायीलाई प्रधानमन्त्रीले भने– मिल्नेसम्मका माग पूरा गर्छु
फरार प्रतिवादी पक्राउ गर्ने अभियानमा बर्दिया प्रहरी
फरार प्रतिवादी पक्राउ गर्ने अभियानमा बर्दिया प्रहरी
निर्वाचनका लागि सहयोग गर्ने चीनको प्रतिबद्धता
निर्वाचनका लागि सहयोग गर्ने चीनको प्रतिबद्धता
भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयोः प्रधानमन्त्री ओली   
भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयोः प्रधानमन्त्री ओली   
रामेछाप दुर्घटनामा गोकुलगंगा–४ का वडाध्यक्षको मृत्यु
रामेछाप दुर्घटनामा गोकुलगंगा–४ का वडाध्यक्षको मृत्यु
भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा
भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा
चीनका लागि जासुसी गर्ने पूर्व सीआईए अधिकृतलाई १० वर्षको जेल सजाय
चीनका लागि जासुसी गर्ने पूर्व सीआईए अधिकृतलाई १० वर्षको जेल सजाय
सरकारले गुणात्मक परिवर्तनको मौका गुमायो : डा. भट्टराई
सरकारले गुणात्मक परिवर्तनको मौका गुमायो : डा. भट्टराई
प्राथमिक स्वास्थ्य केन्द्र जमुनियाको नयाँ प्रसूति भवन उद्घाटन
प्राथमिक स्वास्थ्य केन्द्र जमुनियाको नयाँ प्रसूति भवन उद्घाटन