यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ३१, २०८३
|
|
५६ पटक हेरिएको
Shares
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

सारांश

  • मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक भएका छन् ।
  • सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।
  • उनले बुधबारका निर्णयमध्ये मुख्य निर्णय भनेर ६ वटा निर्णयहरू सुनाएका छन् ।

३१ भदौ, काठमाडौं ।

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । उनले बुधबारका निर्णयमध्ये मुख्य निर्णय भनेर ६ वटा निर्णयहरू सुनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको थियो ।

यस्ता छन् निर्णयहरू–

–सरकारी निर्णय प्रक्रिया, सरलीकरण, तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली–२०८३ स्वीकृत गर्ने । 

–नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्र, विनियम बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा ३ सय ६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ३.५ प्रतिशत र ३ सय ६५ वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत अग्रिम कर कायम गर्ने । 

–नेपाल न्याय सेवा, न्याय समूह राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरू श्री खगेन्द्र कट्टेल, श्री रामप्रसाद भट्टराई र श्री बाबुराम दाहाललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने ।

–साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा, क्षतिपूर्ती रकमसम्बन्धी कानुन कारबाहीका लागि साउदी नागरिक कानुन व्यवसायीलाई वारेसनामा (पावर अफ अटर्नी) दिइ बीमा, क्षतिपूर्तीको प्रक्रिया अघि बढाउनेसम्बन्धी आदेश जारी गर्ने ।

–चक्रिय राहत कोष सञ्चालन कार्यविधि २०८३ स्वीकृत गर्ने ।

–नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालय शिक्षा विधेयकका सबै बुँदामा सहमति
विद्यालय शिक्षा विधेयकका सबै बुँदामा सहमति
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा कर्माचार्य
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा कर्माचार्य
प्रहरीसँगको झडपमा शिक्षक घाइते भएपछि महासंघले बोलायो आकस्मिक बैठक
प्रहरीसँगको झडपमा शिक्षक घाइते भएपछि महासंघले बोलायो आकस्मिक बैठक
किसानका समस्या समाधान गर्न स्थानीय स्रोत उपयोग गर्नुपर्छ : बालेन
किसानका समस्या समाधान गर्न स्थानीय स्रोत उपयोग गर्नुपर्छ : बालेन
हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृ*त फेला, प्रहरी अनुसन्धान तिब्र 
हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृ*त फेला, प्रहरी अनुसन्धान तिब्र 
सामाजिक सञ्जाल नियमनका लागि कार्यदल बनाउन काउन्सिललाई सञ्चारमन्त्रीको सुझाव
सामाजिक सञ्जाल नियमनका लागि कार्यदल बनाउन काउन्सिललाई सञ्चारमन्त्रीको सुझाव
राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास
राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास
८ महिनापछि मधेसमा वर्षा, सर्लाहीमा २८ मिलिमिटर पानी पर्यो
८ महिनापछि मधेसमा वर्षा, सर्लाहीमा २८ मिलिमिटर पानी पर्यो
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा
दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा