सर्लाहीमा कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सारांश
- सर्लाही प्रहरीले कटुवा पेस्तोल र गोलीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्ने भारतको बिहार राज्य सीतामढी जिल्लाको सोनवर्षा निवासी २८ वर्षीय नवीन कुमार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
- प्रहरीका अनुसार मलंगवा नगरपालिका–१२ स्थित चमेलीमाई मन्दिर नजिक सोमबार शंकाका आधारमा जाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।
२९ भदौ, सर्लाही। सर्लाही प्रहरीले कटुवा पेस्तोल र गोलीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्ने भारतको बिहार राज्य सीतामढी जिल्लाको सोनवर्षा निवासी २८ वर्षीय नवीन कुमार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार मलंगवा नगरपालिका–१२ स्थित चमेलीमाई मन्दिर नजिक सोमबार शंकाका आधारमा जाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो। प्रहरी चौकी कबिलासीबाट खटिएको टोलीले भारतीय नम्बर प्लेट (बीआर ३० एटी ८९६१) को २२० सीसी पल्सर मोटरसाइकल पार्किङ अवस्थामा फेला पारेको थियो।
मोटरसाइकलको ट्याङ्कीमाथि राखिएको रातो कपडाको झोला जाँच गर्दा एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले उनलाइ नियन्त्रणमा लिएर हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। उनको साथबाट दुई थान मोबाइल फोन र मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रतिक्रिया