हवाई साधनमार्फत २३ जनाको उद्धार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १६, २०८३
|
|
२२७ पटक हेरिएको
Shares
हवाई साधनमार्फत २३ जनाको उद्धार

सारांश

  • रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्वका बाढी प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ ।
  • नेपाली सेनाले आज (मंगलबार) बिहान ११ बजेसम्म हवाई साधनमार्फत २३ जनाको उद्धार गरेको गरेको हो ।
  •   बाढीपछि जलविद्युत् आयोजनाका टनेलमा फसेका व्यक्तिको खोज तथा उद्धारका लागि स्वदेशी तथा विदेशी विशेषज्ञसहितका संयुक्त टोली परिचालन गरिएको छ ।

१६ भदौ, काठमाडौं ।

रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्वका बाढी प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ । नेपाली सेनाले आज (मंगलबार) बिहान ११ बजेसम्म हवाई साधनमार्फत २३ जनाको उद्धार गरेको गरेको हो ।  बाढीपछि जलविद्युत् आयोजनाका टनेलमा फसेका व्यक्तिको खोज तथा उद्धारका लागि स्वदेशी तथा विदेशी विशेषज्ञसहितका संयुक्त टोली परिचालन गरिएको छ । चिलिमे हाइड्रोमा उद्धार टोलीले टनेलभित्र करिब ५० मिटर प्रवेश गरी खोजी गरेको छ ।

त्यस्तै, लाङटाङ हाइड्रोमा टोली करिब १५० मिटर र अपर त्रिशूली–१ हाइड्रोमा करिब २०० मिटरसम्म टनेलभित्र प्रवेश गरी खोजी तथा उद्धार कार्य भइरहेको छ ।  त्रिशूली–३ ‘ए’ आयोजनामा टनेल हेड फेला परेको छ । टनेलभित्र कम्प्रेसरमार्फत हावा पठाउने काम भइरहेको छ भने पानी निकाल्ने कार्य पनि जारी छ । तीनवटा एक्साभेटर प्रयोग गरी टनेलको पछाडितर्फको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ ।

यसअघि बाढीपछि तत्काल उद्धारका क्रममा विभिन्न जलविद्युत् आयोजनाको क्षेत्रबाट २७९ जनाको जीवित उद्धार गरि सकेको छ । रसुवागढीबाट २ जना, माथिल्लो त्रिशूली–१ बाट ३३ जना, माथिल्लो त्रिशूली–३ ‘ए’ बाट २२१ जना, माथिल्लो त्रिशूली–३ ‘बी’ बाट २ जना, मैलुङबाट ९ जना, नुवाकोट सौर्य विद्युत् आयोजनाबाट ४ जना, त्रिशूली जलविद्युत् आयोजनाबाट ३ जना र देवघाट जलविद्युत् आयोजनाबाट ५ जनाको उद्धार गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री बालेन न्युयोर्क जाँदै
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री बालेन न्युयोर्क जाँदै
ललितपुरमा आज मध्यराति १२ बजेसम्म बढाइयो कर्फ्यु
ललितपुरमा आज मध्यराति १२ बजेसम्म बढाइयो कर्फ्यु
बैंकिङ प्रणालीबाट आज ४० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट आज ४० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक
सात दलले आज ‘अग्रगामी मोर्चा’ घोषणा गर्दै
सात दलले आज ‘अग्रगामी मोर्चा’ घोषणा गर्दै
पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो
पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो
रामेछापमा नेकपाका श्रेष्ठको अग्रता कायमै
रामेछापमा नेकपाका श्रेष्ठको अग्रता कायमै
काभ्रेमा बसको ठ*क्करबाट पैदलयात्रीको मृ*त्यु
काभ्रेमा बसको ठ*क्करबाट पैदलयात्रीको मृ*त्यु
राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति
राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति
मकवानपुरमा जंगली च्याउ खाँदा बाबुको मृत्यु, परिवारका ४ जनाको अवस्था गम्भीर
मकवानपुरमा जंगली च्याउ खाँदा बाबुको मृत्यु, परिवारका ४ जनाको अवस्था गम्भीर
मौसम सम्बन्धी जानकारीका लागि पूर्वअनुमान र सूचना प्रणाली आधुनिक बनाउन जरुरी छ : मन्त्री सिन्हा
मौसम सम्बन्धी जानकारीका लागि पूर्वअनुमान र सूचना प्रणाली आधुनिक बनाउन जरुरी छ : मन्त्री सिन्हा
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...