कान्ति राजमार्गमा सवारीको चाप

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १५, २०८३
|
|
२९४ पटक हेरिएको
Shares
कान्ति राजमार्गमा सवारीको चाप

सारांश

  • चीनतर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभिर र परेवाभिर खण्ड पूर्ण रूपमा अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी साधनको चाप अत्यधिक बढेको छ ।
  • काठमाडौँलाई हेटौँडासँग जोड्ने सबैभन्दा छोटो र वैकल्पिक मार्गका रूपमा रहेको कान्ति राजमार्ग यतिबेला उपत्यका छिर्ने र बाहिरिने सवारी साधनको मुख्य छनोटमा परेको छ ।
  • कान्ति राजमार्ग सडक योजनाका अनुसार पृथ्वी राजमार्ग बन्द भए लगत्तै साना तथा मझौला सवारी साधनहरू कान्ति राजमार्गमा मोडिएका छन् ।

१५ भदौ, काठमाडौं ।

चीनतर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभिर र परेवाभिर खण्ड पूर्ण रूपमा अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी साधनको चाप अत्यधिक बढेको छ । काठमाडौँलाई हेटौँडासँग जोड्ने सबैभन्दा छोटो र वैकल्पिक मार्गका रूपमा रहेको कान्ति राजमार्ग यतिबेला उपत्यका छिर्ने र बाहिरिने सवारी साधनको मुख्य छनोटमा परेको छ । कान्ति राजमार्ग सडक योजनाका अनुसार पृथ्वी राजमार्ग बन्द भए लगत्तै साना तथा मझौला सवारी साधनहरू कान्ति राजमार्गमा मोडिएका छन् । हेटौँडाबाट भैँसे, टिकाभैरव र भैँसेपाटी हुँदै ललितपुरको एकान्तकुना जोड्ने यो मार्गमा सवारी साधनको लामो लस्कर देखिएको छ । सडक योजनाले सार्वजनिक गरेको दृश्यहरूमा सवारी साधनहरू निरन्तर सुचारु भइरहेको देखिए पनि चापका कारण यात्रामा केही समय लाग्ने देखिएको छ ।

धादिङको कृष्णभिर र परेवाभिर क्षेत्रमा त्रिशूली नदीले सडकको जग नै काटेपछि र माथिबाट पहिरो खसेपछि यातायात सेवा ठप्प भएको हो । यो सडक खण्ड मर्मत गरी सुचारु गर्न प्राविधिक टोली खटिए तापनि तत्कालै सञ्चालनमा आउने सम्भावना कम रहेकाले तत्कालका लागि वैकल्पिक मार्गहरू सञ्चालनमा ल्याइएको छ । सडक विभागले कान्ति राजमार्गका अतिरिक्त अन्य तीन वटा मार्गहरूलाई पनि विकल्पका रूपमा प्रयोग गर्न सुझाव दिएको छ । त्रिभुवन राजपथ (वीरगन्ज–हेटौँडा–पालुङ–नौबिसे हुँदै कलंकी), बीपी राजमार्ग (बर्दिबास–सिन्धुली–खुर्कोट–धुलिखेल हुँदै काठमाडौँ) र हेटौँडा–कुलेखानी–फर्पिङ मार्ग (हेटौँडाबाट कुलेखानी र दक्षिणकाली हुँदै काठमाडौँ) वैकल्पिक मार्ग सञ्चालनमा छन् । सडक विभागले कान्ति राजमार्ग लगायतका वैकल्पिक सडकहरूमा सवारी चाप बढेकाले संयमित भएर गाडी चलाउन चालकहरूलाई आग्रह गरेको छ । वर्षातको समयमा ग्रामीण भेगका सडकहरूमा पहिरोको जोखिम हुनसक्ने भएकाले ‘सडक सूचना’ र ट्राफिक प्रहरीको अपडेट लिएर मात्र यात्रा तय गर्न विभागले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवाकै अगाडि शेखरले दोहोर्‍याए : कांग्रेस सत्तामा छ, सरकारमा छैन
देउवाकै अगाडि शेखरले दोहोर्‍याए : कांग्रेस सत्तामा छ, सरकारमा छैन
प्रधानमन्त्री ओलीविरूद्ध टुँडिखेलमा नाराबाजी गरेको आरोपमा दुई जना प्रहरीको नियन्त्रणमा
प्रधानमन्त्री ओलीविरूद्ध टुँडिखेलमा नाराबाजी गरेको आरोपमा दुई जना प्रहरीको नियन्त्रणमा
आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा उत्रने
आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा उत्रने
प्रधानमन्त्रीसँग छलफल गर्न कांग्रेस सभापति देउवासहित शीर्ष नेता बालुवाटारमा
प्रधानमन्त्रीसँग छलफल गर्न कांग्रेस सभापति देउवासहित शीर्ष नेता बालुवाटारमा
रास्वपा सांसद असीम शाहले दिए सांसद पदबाट राजीनामा
रास्वपा सांसद असीम शाहले दिए सांसद पदबाट राजीनामा
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
१४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क दिइने
१४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क दिइने
कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का
कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का
सगरमाथा सम्वादको औचित्यमाथि प्रभु साहले उठाए प्रश्न, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले एनआरएनए फुटाईदिएको आरोप
सगरमाथा सम्वादको औचित्यमाथि प्रभु साहले उठाए प्रश्न, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले एनआरएनए फुटाईदिएको आरोप
ड्रोन, सीसीटीभी र गोप्रो क्यामेराबाट आजको प्रदर्शनको निगरानी गर्दै प्रहरी
ड्रोन, सीसीटीभी र गोप्रो क्यामेराबाट आजको प्रदर्शनको निगरानी गर्दै प्रहरी
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...