कान्ति राजमार्गमा सवारीको चाप

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १५, २०८३
|
|
२४८ पटक हेरिएको
Shares
कान्ति राजमार्गमा सवारीको चाप

सारांश

  • चीनतर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभिर र परेवाभिर खण्ड पूर्ण रूपमा अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी साधनको चाप अत्यधिक बढेको छ ।
  • काठमाडौँलाई हेटौँडासँग जोड्ने सबैभन्दा छोटो र वैकल्पिक मार्गका रूपमा रहेको कान्ति राजमार्ग यतिबेला उपत्यका छिर्ने र बाहिरिने सवारी साधनको मुख्य छनोटमा परेको छ ।
  • कान्ति राजमार्ग सडक योजनाका अनुसार पृथ्वी राजमार्ग बन्द भए लगत्तै साना तथा मझौला सवारी साधनहरू कान्ति राजमार्गमा मोडिएका छन् ।

१५ भदौ, काठमाडौं ।

चीनतर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभिर र परेवाभिर खण्ड पूर्ण रूपमा अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी साधनको चाप अत्यधिक बढेको छ । काठमाडौँलाई हेटौँडासँग जोड्ने सबैभन्दा छोटो र वैकल्पिक मार्गका रूपमा रहेको कान्ति राजमार्ग यतिबेला उपत्यका छिर्ने र बाहिरिने सवारी साधनको मुख्य छनोटमा परेको छ । कान्ति राजमार्ग सडक योजनाका अनुसार पृथ्वी राजमार्ग बन्द भए लगत्तै साना तथा मझौला सवारी साधनहरू कान्ति राजमार्गमा मोडिएका छन् । हेटौँडाबाट भैँसे, टिकाभैरव र भैँसेपाटी हुँदै ललितपुरको एकान्तकुना जोड्ने यो मार्गमा सवारी साधनको लामो लस्कर देखिएको छ । सडक योजनाले सार्वजनिक गरेको दृश्यहरूमा सवारी साधनहरू निरन्तर सुचारु भइरहेको देखिए पनि चापका कारण यात्रामा केही समय लाग्ने देखिएको छ ।

धादिङको कृष्णभिर र परेवाभिर क्षेत्रमा त्रिशूली नदीले सडकको जग नै काटेपछि र माथिबाट पहिरो खसेपछि यातायात सेवा ठप्प भएको हो । यो सडक खण्ड मर्मत गरी सुचारु गर्न प्राविधिक टोली खटिए तापनि तत्कालै सञ्चालनमा आउने सम्भावना कम रहेकाले तत्कालका लागि वैकल्पिक मार्गहरू सञ्चालनमा ल्याइएको छ । सडक विभागले कान्ति राजमार्गका अतिरिक्त अन्य तीन वटा मार्गहरूलाई पनि विकल्पका रूपमा प्रयोग गर्न सुझाव दिएको छ । त्रिभुवन राजपथ (वीरगन्ज–हेटौँडा–पालुङ–नौबिसे हुँदै कलंकी), बीपी राजमार्ग (बर्दिबास–सिन्धुली–खुर्कोट–धुलिखेल हुँदै काठमाडौँ) र हेटौँडा–कुलेखानी–फर्पिङ मार्ग (हेटौँडाबाट कुलेखानी र दक्षिणकाली हुँदै काठमाडौँ) वैकल्पिक मार्ग सञ्चालनमा छन् । सडक विभागले कान्ति राजमार्ग लगायतका वैकल्पिक सडकहरूमा सवारी चाप बढेकाले संयमित भएर गाडी चलाउन चालकहरूलाई आग्रह गरेको छ । वर्षातको समयमा ग्रामीण भेगका सडकहरूमा पहिरोको जोखिम हुनसक्ने भएकाले ‘सडक सूचना’ र ट्राफिक प्रहरीको अपडेट लिएर मात्र यात्रा तय गर्न विभागले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप
पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप
सप्तरीमा लुटेराहरुले गरे नेपाल बैंकका सुरक्षा गार्डको हत्या
सप्तरीमा लुटेराहरुले गरे नेपाल बैंकका सुरक्षा गार्डको हत्या
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग
निजामती सेवा दिवस- नारा एकातिर, काम अर्कैतिर
निजामती सेवा दिवस- नारा एकातिर, काम अर्कैतिर
सैन्य भर्ना तालिम लिइरहेका युवकको कोठाबाट पेस्तोल बरामद
सैन्य भर्ना तालिम लिइरहेका युवकको कोठाबाट पेस्तोल बरामद
सरकार पुन:निर्माणको बाटोमा आशा जगाउन सफल : अर्थमन्त्री खनाल
सरकार पुन:निर्माणको बाटोमा आशा जगाउन सफल : अर्थमन्त्री खनाल
प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट
प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट
नेपालको ग्रामीण क्षेत्रमा जन्मजात विकृतिको उच्च दर: एक रोक्न सकिने दुःखद परिस्थिति
नेपालको ग्रामीण क्षेत्रमा जन्मजात विकृतिको उच्च दर: एक रोक्न सकिने दुःखद परिस्थिति
जसपा मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी
जसपा मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी
प्रधानमन्त्री कप क्रिकेट : गण्डकीद्वारा सुदूरपश्चिमलाई २२१ रनको लक्ष्य
प्रधानमन्त्री कप क्रिकेट : गण्डकीद्वारा सुदूरपश्चिमलाई २२१ रनको लक्ष्य