बाढीमा २३८ विद्यार्थी र १८ शिक्षक सम्पर्कविहीन, १६ विद्यालयमा क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १४, २०८३
|
|
१४६ पटक हेरिएको
Shares
बाढीमा २३८ विद्यार्थी र १८ शिक्षक सम्पर्कविहीन, १६ विद्यालयमा क्षति

सारांश

  •   शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार, शनिबारसम्म प्राप्त प्रारम्भीक विवरणमा तीन जिल्लाका १६ विद्यालयमा क्षति पुगेको छ।
  • ती विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षक गरी २५१ जना सम्पर्कविहीन भएको तथ्यांक आएको मन्त्रालयले जनाएको छ।
  •   मन्त्रालयले लिएको प्रारम्भीक विवरणअनुसार, रसुवाका चार, नुवाकोटका आठ र धादिङका चार विद्यालयमा पूर्ण, आंशिक र सामान्य क्षति पुगेको छ।

 

भोटेकोसीमा आएको बाढीले तीन जिल्लामा १६ विद्यालयमा क्षति पुगेको छ भने २३८ विद्यार्थी र १८ शिक्षक सम्पर्कविहीन रहेका छन्।  शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार, शनिबारसम्म प्राप्त प्रारम्भीक विवरणमा तीन जिल्लाका १६ विद्यालयमा क्षति पुगेको छ। ती विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षक गरी २५१ जना सम्पर्कविहीन भएको तथ्यांक आएको मन्त्रालयले जनाएको छ।  मन्त्रालयले लिएको प्रारम्भीक विवरणअनुसार, रसुवाका चार, नुवाकोटका आठ र धादिङका चार विद्यालयमा पूर्ण, आंशिक र सामान्य क्षति पुगेको छ।

रसुवाको उत्तरगया र गोसाईकुण्ड गाउँपालिका, नुवाकोटको विदुर नगरपालिका, धादिङको गल्छी गाउँपालिका, सिद्धलेक गाउँपालिका र निलकण्ठ नगरपालिकाका विद्यालयमा क्षति पुगेको मन्त्रालयले जनाएको छ। यी स्थानीय तहका अधिकांश विद्यालय बगाएको छ। केहीका कक्षाकोठामा लेदो, बालुवा र माटोले पुरिएको मन्त्रालयले जनाएको छ। रसुवाका चार विद्यालय पूर्ण रुपमा नै क्षति भएका छन्। यस्तै नुवाकोटको चार विद्यालयमा पूर्ण र चारमा आशिंक क्षति पुगेको छ। आशिंक क्षति पुगेको विदुर नगरपालिकास्थित चण्डेश्वरी माध्यामिक विद्यालयका १२ विद्यार्थीसहित एक शिक्षक सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ। यस्तै, रसुवाको नवविजयी महेन्द्र माविका दुई शिक्षक र कोमी श्यामेवाङ्फेल माविका एक जना शिक्षकसहित १६ विद्यार्थी सम्पर्कविहीन छन्। धादिङको एक विद्यालय पूर्ण क्षति भएको छ भने तीनमा आशिंक क्षति पुगेको मन्त्रालयले जनाएको छ।

उत्तरगया गाउँपालिकाको निलकण्ठ माध्यामिक विद्यालय भवनमा क्षति नभए पनि सो विद्यालयका दुई सय विद्यार्थीसहित चार शिक्षक सम्पर्कविहीन रहेको विवरणमा उल्लेख गरिएको छ।

गोसाइकुण्ठ गाउँपालिकाको कोमीश्यामेवाङ्फेल माध्यामिक विद्यालयको १६ जना विद्यार्थीसहित एक शिक्षक बाढीमा बेपत्ता भएका छन्।

गुसाईकुण्ड तीर्थयात्रामा गएका चार जना धादिङका शिक्षक पनि सम्पर्कविहीन भएको मन्त्रालयले जनाएको छ। नेपाल राष्ट्रिय आधारभुत विद्यालय रसुवाका १० जना शिक्षकमध्ये तीन जना मात्रै सम्पर्कमा रहेको मन्त्रालयले जानकारी दिएको छ।

नुवाकोटको त्रिभुवन बहुमुखी क्याम्पस र त्रिभुवन त्रिशुली माविको छात्रबास पुरिएको क्षति विवरणमा उल्लेख छ। क्षति पुगेकामध्ये अधिकांश सामुदायिक र केही निजी विद्यालय रहेका छन्।

त्यस्तै नुवाकोटको त्रिशुली सामुदायिक बोर्डिङले तीन जना विद्यार्थी सम्पर्कविहीन रहेका छन्। मन्त्रालयले क्षतिको पूरा विवरण आउन बाँकी रहेको जनाएको छ।

कुन विद्यालयमा कति क्षति?
रसुवाको गोसाईंकुण्ड गाउँपालिकास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा पूर्ण क्षति भएको छ। यस विद्यालयमा १०९ जना विद्यार्थी अध्ययनरत छन्।

त्यस्तै, उत्तरगया गाउँपालिका चिप्लेटी आधारभूत विद्यालय, मोर्डन ट्रिनिटी बोर्डिङ र मालिकादेवी आधारभूत विद्यालयमा पूर्ण क्षति पुगेको छ। यी विद्यालय बाढीले बगाएको छ।

नुवाकोटको विदुर नगरपालिकास्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय पूर्ण रुपमा क्षति भएको छ। बाढीले विद्यालय भवन बगाएको छ।

यो विद्यालयमा एक हजार ६ सय विद्यार्थी अध्ययनरत छन्। बाढी आउनुअघि नै सबै विद्यार्थीलाई घर पठाइएका कारण मानवीय क्षतिबाट भने जोगिएको छ।

चण्डेश्वरी माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, त्रिशूली सामुदायिक बोर्डिङ, ज्ञानकुञ्ज बोर्डिङ, उत्तरगया पब्लिक इङ्लिस स्कूल, जेडी बोर्डिङ स्कूल र पायोनियर बोर्डिङ स्कूलमा पूर्ण क्षति भएको छ।

धादिङको गल्छी गाउँपालिकास्थित बागेश्वरी माध्यामिक विद्यालय, सक्सेस एकेडेमी, अम्लेश्वर गुरुकुल संस्कृत विद्यालय र जलेश्वर माध्यामिक विद्यालयमा क्षति पुगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बर्दियामा एकैदिन ६ जना फरार प्रतिवादी पक्राउ
बर्दियामा एकैदिन ६ जना फरार प्रतिवादी पक्राउ
कोषको १५ दिने अल्टिमेटमविरुद्ध पशुपति क्षेत्रका स्थानीय आन्दोलित
कोषको १५ दिने अल्टिमेटमविरुद्ध पशुपति क्षेत्रका स्थानीय आन्दोलित
कांग्रेस कार्यवाहक सभापति खड्काले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित
कांग्रेस कार्यवाहक सभापति खड्काले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित
झापा–५ : बालेनले ४२ हजार भन्दाबढी मत प्राप्त गर्दा ओली ११ हजारमा सिमित
झापा–५ : बालेनले ४२ हजार भन्दाबढी मत प्राप्त गर्दा ओली ११ हजारमा सिमित
मधेशको योजना आयोग उपाध्यक्षमा डा. सोहन साह नियुक्त
मधेशको योजना आयोग उपाध्यक्षमा डा. सोहन साह नियुक्त
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा प्रा.डा. अग्रवाल नियुक्त
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा प्रा.डा. अग्रवाल नियुक्त
सामुदायिक विद्यालयमा आफ्ना सन्तान नपढाउनेको सुविधा रोकिने
सामुदायिक विद्यालयमा आफ्ना सन्तान नपढाउनेको सुविधा रोकिने
भक्तपुरमा बाल्टिनको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु
भक्तपुरमा बाल्टिनको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु
सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु
सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु
जनकपुरमा गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए
जनकपुरमा गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए