त्रिशूली ३ ‘बी’ मा चिनियाँ विज्ञ टोली परिचालन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र १३, २०८३
|
|
१२७ पटक हेरिएको
Shares
त्रिशूली ३ ‘बी’ मा चिनियाँ विज्ञ टोली परिचालन

सारांश

  • बाढीका कारण प्रभावित बनेको रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि चिनियाँ विज्ञ टोलीलाई परिचालन गरिएको छ ।
  • प्रधानमन्त्री कार्यालयले ६ जना सम्मिलित चिनियाँ विज्ञ टोली उद्धारमा खटिएको जानकारी गराएको छ ।
  • अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारको अनुमतिमा चिनियाँ टोली परिचालन भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

 

१२ भदौ, काठमाडौं ।

बाढीका कारण प्रभावित बनेको रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि चिनियाँ विज्ञ टोलीलाई परिचालन गरिएको छ । प्रधानमन्त्री कार्यालयले ६ जना सम्मिलित चिनियाँ विज्ञ टोली उद्धारमा खटिएको जानकारी गराएको छ । अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारको अनुमतिमा चिनियाँ टोली परिचालन भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

उक्त टोली चिनियाँ हेलिकप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । ‘टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम सुरु गने बताइएको छ । संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक ‘रेकी’ (अनुगमन) गर्ने छ । प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा ’स्ट्यान्डबाई’ अवस्थामा राखिएका चिनियाँ विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?