स्रोत नखुलेको ३१ लाख नगदसहित एक जना चिनियाँ नागरिक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ९, २०८३
|
|
२०७ पटक हेरिएको
Shares
स्रोत नखुलेको ३१ लाख नगदसहित एक जना चिनियाँ नागरिक पक्राउ

सारांश

  • काठमाडौँमा भाडाको घरमा बस्दै आएका एक जना चिनियाँ नागरिक स्रोत नखुलेको ३१ लाख रुपैयाँ नगदसहित पक्राउ परेका छन्।
  • लागु औषध नियन्त्रण ब्यूरोले काठमाडौँ महानगरपालिका- १५ चौमतीबाट पासपोर्ट नम्बर ईएल १७८१३८ भएका ५२ वर्षीय मा युगुबीलाई नियन्त्रणमा लिएको हो।
  • चिनियाँ नागरिकले घर भाडामा लिएर बसी लागुऔषध कारोबार गर्दै आएको भन्ने विशेष सूचना प्राप्त भए पश्चात ब्यूरोबाट खटिएको प्रहरी टोलीले खोजतलास गरेको थियो।

९ भदौ, काठमाडौं ।

काठमाडौँमा भाडाको घरमा बस्दै आएका एक जना चिनियाँ नागरिक स्रोत नखुलेको ३१ लाख रुपैयाँ नगदसहित पक्राउ परेका छन्। लागु औषध नियन्त्रण ब्यूरोले काठमाडौँ महानगरपालिका- १५ चौमतीबाट पासपोर्ट नम्बर ईएल १७८१३८ भएका ५२ वर्षीय मा युगुबीलाई नियन्त्रणमा लिएको हो। चिनियाँ नागरिकले घर भाडामा लिएर बसी लागुऔषध कारोबार गर्दै आएको भन्ने विशेष सूचना प्राप्त भए पश्चात ब्यूरोबाट खटिएको प्रहरी टोलीले खोजतलास गरेको थियो।

उनलाई बरामद नगद तथा अन्य सामानहरूसहित थप अनुसन्धान कारबाहीको लागि प्रहरी परिसर काठमाडौँमा बुझाइएको छ। उनको साथबाट पासपोर्ट, सुन काट्न प्रयोग गरिने कैँची, ह्याम्मर, डिजिटल तराजु, क्यालकुलेटर, विभिन्न कम्पनीका मोबाइल थान ४, एनआईएमबी बैंकको चेकबुक थान २ र एनआईसी एसिया बैंकको चेकबुक थान १ समेत बरामद भएको छ। ती चिनियाँ नागरिक हालसम्म ६ पटक नेपाल आएर फर्केको र पछिल्लो पटक जुलाई २३, २०२६ मा नेपाल आएको अभिलेखबाट देखिएको ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले जनाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुडानमा ३० लाखभन्दा बढि मानिस हैजाको जोखिममा
सुडानमा ३० लाखभन्दा बढि मानिस हैजाको जोखिममा
सशस्त्र प्रहरीद्वारा २ सय भन्दा बढी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा
सशस्त्र प्रहरीद्वारा २ सय भन्दा बढी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा
सर्लाहीको प्लास्टिक उद्योगमा आगलागी, चार करोड बढीको क्षति
सर्लाहीको प्लास्टिक उद्योगमा आगलागी, चार करोड बढीको क्षति
बक्र ईदले मेलमिलाप, एकता र सहकार्यमा सहयोग पुग्ने मधेशका मुख्यमन्त्री सिंहको विश्वास
बक्र ईदले मेलमिलाप, एकता र सहकार्यमा सहयोग पुग्ने मधेशका मुख्यमन्त्री सिंहको विश्वास
रास्वपाले गर्‍यो अर्ली चुनावको माग
रास्वपाले गर्‍यो अर्ली चुनावको माग
आईपीएल फाइनल भागदौड घटना: रोयल च्यालेन्जर्स बेंगलुरुका मार्केटिङ प्रमुखसहित ३ जना पक्राउ
आईपीएल फाइनल भागदौड घटना: रोयल च्यालेन्जर्स बेंगलुरुका मार्केटिङ प्रमुखसहित ३ जना पक्राउ
झापामा कोशीका मुख्यमन्त्री कार्कीको गाडीमा ढुंगा प्रहार
झापामा कोशीका मुख्यमन्त्री कार्कीको गाडीमा ढुंगा प्रहार
वीरगञ्जमा एक महिलाको शव फेला
वीरगञ्जमा एक महिलाको शव फेला
प्रहरीको गोली लागेर युवकको मृत्यु भएको विरोधमा निजगढमा राजमार्ग अवरुद्ध
प्रहरीको गोली लागेर युवकको मृत्यु भएको विरोधमा निजगढमा राजमार्ग अवरुद्ध
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्ने
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्ने
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...