ताँजाकाेट गाउँपालिका कार्यालयमा आगलागी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ८, २०८३
|
|
१९६ पटक हेरिएको
Shares
ताँजाकाेट गाउँपालिका कार्यालयमा आगलागी

सारांश

  • हुम्लाकाे ताँजाकाेट गाउँपालिकाकाे कार्यालय आगलागी भएकाे छ।
  • राति १ बजेकाे समयमा ताजाँकाेट गाउँपालिका कार्यालय आगलागी भएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
  • स्थानीय र प्रहरीकाे सहयाेगमा आगाे नियन्त्रणमा लिएकाे डीएसपी शंकर खडकाले बताए ।

 

८ भदौ, हुम्ला ।

हुम्लाकाे ताँजाकाेट गाउँपालिकाकाे कार्यालय आगलागी भएकाे छ। राति १ बजेकाे समयमा ताजाँकाेट गाउँपालिका कार्यालय आगलागी भएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। स्थानीय र प्रहरीकाे सहयाेगमा आगाे नियन्त्रणमा लिएकाे डीएसपी शंकर खडकाले बताए ।

गाउँपालिकाकाे भवनकाे लेखा शाखाकाे स्टाेरमा बिजुलीकाे तार सर्ट भई आगलागी भएकाे हुन सक्ने डीएसपी खडकाले बताए। स्थानीय र प्रहरीकाे सहयाेगमा ३ बजे ४५ मिनेटमा आगाे पूर्ण नियन्त्रणमा आएकाे खडकाकाे भनाइ छ। आगलागीबाट ४ थान काठको र्‍याक, १ थान सुत्ने खाट, १ थान टेबल, १ थान सोलार ब्याट्री जलेर नष्ट भएको छ । घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?