Press 4K
बुधबार, ३ भाद्र २०८३

पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन 

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ३, २०८३
|
|
९१ पटक हेरिएको
Shares
पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन 

सारांश

  • ताप्लेजुङमा अवस्थित पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन भएको छ ।
  • गत साउन महिनादेखि असार महिना सम्ममा चार करोड ८२ लाख तीन हजार ८५५ रुपियाँ भेटी संकलन भएको हो ।
  • पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार गत साउन महिनामा दश लाख ३९ हजार रुपियाँ, भदौमा नौ लाख ९७ हजार रुपियाँ, असोजमा ३३ लाख ८२ हजार रुपियाँ भेटी संकलन भएको छ ।

३ भदौ, ताप्लेजुङ ।

ताप्लेजुङमा अवस्थित पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन भएको छ । गत साउन महिनादेखि असार महिना सम्ममा चार करोड ८२ लाख तीन हजार ८५५ रुपियाँ भेटी संकलन भएको हो ।पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार गत साउन महिनामा दश लाख ३९ हजार रुपियाँ, भदौमा नौ लाख ९७ हजार रुपियाँ, असोजमा ३३ लाख ८२ हजार रुपियाँ भेटी संकलन भएको छ । यस्तै कार्तिक महिनामा ३४ लाख ४८ हजार ५०० रुपियाँ, मङ्सिरमा ७५ लाख ४९ हजार १०० रुपियाँ, पुस महिनामा २४ लाख २५ हजार रुपियाँ संकलन भएको छ ।

माघ महिनामा १८ लाख ४७ हजार ५०० रुपियाँ, फागुन ३१ लाख १० हजार रुपियाँ, चैत महिनामा ५८ लाख ४४ हजार ५०० रुपियाँ भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । उनका अनुसार सबैभन्दा धेरै वैशाख महिनामा एक करोड ६ लाख २८ हजार रुपियाँ भेटी संकलन भएको छ । एकै महिनामा एक करोड बढी भेटी संकलन भएको सम्भवत यो पहिलो रेकर्ड भएको कार्यकारी निर्देशक हाङ्बाङको भनाई छ ।  यस्तै जेठ महिनामा ४६ लाख ६० हजार ६०० रुपियाँ र असार महिनामा ३२ लाख ७२ हजार ६५५ रुपियाँ भेटी संकलन भएको छ । समितिका अनुसार सार एक वर्षमा २५ लाख २ हजार ७८ जना दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन् ।  त्यस्तै चालु आर्थिक वर्षको साउन महिनामा तीन लाख १८ हजार ५०० रुपैयाँ भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । दुई हजार ४६९ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूराः आयोग
राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूराः आयोग
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा बस पुर्‍यो, केही यात्रु बेपत्ता
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा बस पुर्‍यो, केही यात्रु बेपत्ता
विपद्को एक वर्ष : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
विपद्को एक वर्ष : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा : राष्ट्रपति
जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा : राष्ट्रपति
अर्थमन्त्री खनाल र अमेरिकी उच्च अधिकारीहरूबीच छुट्टाछुट्टै भेटवार्ता
अर्थमन्त्री खनाल र अमेरिकी उच्च अधिकारीहरूबीच छुट्टाछुट्टै भेटवार्ता
क्षतिग्रस्त विपी राजमार्ग जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउन निर्देशन
क्षतिग्रस्त विपी राजमार्ग जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउन निर्देशन
यस्तो छ प्रतिनिधि सभाका विषयगत समितिको कार्यक्षेत्र
यस्तो छ प्रतिनिधि सभाका विषयगत समितिको कार्यक्षेत्र
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँचजना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँचजना पक्राउ
कोहलपुर–सुर्खेत प्रसारण लाइन विवाद समाधान गर्न ऊर्जामन्त्रीको निर्देशन
कोहलपुर–सुर्खेत प्रसारण लाइन विवाद समाधान गर्न ऊर्जामन्त्रीको निर्देशन
अमेरिका-इरानबीच दुई साताका लागि युद्धविराम
अमेरिका-इरानबीच दुई साताका लागि युद्धविराम

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...