पत्रकार महासंघले प्रहरी परिसर अगाडि धर्ना दिंदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण २८, २०८३
|
|
१६७ पटक हेरिएको
Shares
पत्रकार महासंघले प्रहरी परिसर अगाडि धर्ना दिंदै

सारांश

  • जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठको पक्राउविरुद्ध नेपाल पत्रकार महासंघ आज आन्दोलनमा उत्रिएको छ।
  • महासंघले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना कार्यक्रम आयोजना गर्दै प्रेस स्वतन्त्रताको पक्षमा उभिन सम्पूर्ण सञ्चारकर्मी तथा नागरिक समाजलाई आह्वान गरेको छ।
  • महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी सूचनाअनुसार धर्ना कार्यक्रम आज आयोजना गरिएको हो।

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठको पक्राउविरुद्ध नेपाल पत्रकार महासंघ आज आन्दोलनमा उत्रिएको छ। महासंघले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना कार्यक्रम आयोजना गर्दै प्रेस स्वतन्त्रताको पक्षमा उभिन सम्पूर्ण सञ्चारकर्मी तथा नागरिक समाजलाई आह्वान गरेको छ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी सूचनाअनुसार धर्ना कार्यक्रम आज आयोजना गरिएको हो। महासंघले पत्रकार श्रेष्ठको पक्राउलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा व्याख्या गरेको छ।

नेपाल प्रहरीले मंगलबार श्रेष्ठलाई पक्राउ गरेको थियो। त्यसको भोलिपल्ट बिहानै प्रहरी टोलीले जनआस्था साप्ताहिकको कार्यालयमा पुगेर खानतलासीसमेत गरेको छ। उक्त घटनापछि पत्रकार वृत्तमा तीव्र असन्तुष्टि देखिएको छ।

महासंघले पक्राउ र खानतलासी दुवै घटनाको कडा शब्दमा विरोध गर्दै आएको छ। मंगलबार राति नै महासंघ अध्यक्ष निर्मला शर्मासहित पत्रकारहरूको टोलीले काठमाडौं प्रहरी परिसर अगाडि विरोध प्रदर्शन गरेको थियो।

महासंघले श्रेष्ठलाई विनासर्त रिहा गर्न माग गर्दै त्यसो नगरिए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ