कोलम्बिया भूकम्प : मृ*तकको संख्या १३२ पुग्यो, सयौं बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण २६, २०८३
|
|
९०२ पटक हेरिएको
Shares
कोलम्बिया भूकम्प : मृ*तकको संख्या १३२ पुग्यो, सयौं बेपत्ता

सारांश

  • कोलम्बियामा ७.
  • ४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ ।
  • सयौं मानिस अझै बेपत्ता छन् ।

२६ साउन, काठमाडौं ।

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११ जनाको मृत्यु र ८७ जना घाइते भएको जनाएको थियो । तर कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटिजका अनुसार मृत्यु हुनेको संख्या १३२ पुगेको छ भने ५७० जना घाइते भएका छन् ।

कोलम्बियन जियोलोजिकल सर्भिसका अनुसार सोमबार गएको भूकम्प यो शताब्दीमा कोलम्बियामा गएको सबैभन्दा शक्तिशाली भूकम्प हो । भूकम्पका कारण पश्चिमी कोलम्बियाका काली, पेरेइरा, क्विब्दो र मानिजालेससहितका शहरमा ठूलो क्षति पुगेको छ । भूकम्पको धक्का छिमेकी इक्वेडर र पानामासम्म महसुस गरिएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट करिब ४०० किलोमिटर पश्चिममा रहेको चोको क्षेत्रको सान होसे डेल पालमारमा थियो । भूकम्प १०७ किलोमिटर गहिराइमा गएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एयरपोर्टमा आफूलाई अपराधीझैँ जाँच गरिएको ओलीको गुनासो
एयरपोर्टमा आफूलाई अपराधीझैँ जाँच गरिएको ओलीको गुनासो
भारतीय बजारमा नेपालीको चहलपहल, नेपाली बजार भने सुनसान
भारतीय बजारमा नेपालीको चहलपहल, नेपाली बजार भने सुनसान
कसले जित्यो वा हार्यो भन्दा पनि नेपाली जनताले जितेका छन् भन्ने बुझ्नुपर्छ : वर्षमान पुन
कसले जित्यो वा हार्यो भन्दा पनि नेपाली जनताले जितेका छन् भन्ने बुझ्नुपर्छ : वर्षमान पुन
कैलाली कारागारका सबै कैदीबन्दी निस्किए
कैलाली कारागारका सबै कैदीबन्दी निस्किए
माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, प्रचण्डले जवाफ दिँदै
माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, प्रचण्डले जवाफ दिँदै
प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची
प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची
लोकसेवाले खुलायो अधिकृत पदमा विज्ञापन
लोकसेवाले खुलायो अधिकृत पदमा विज्ञापन
कर्णालीको बजेट ३५ अर्ब ३९ करोड
कर्णालीको बजेट ३५ अर्ब ३९ करोड
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
व्यवसायी लामामाथि आक्रमण गरेको अभियोगमा थप एक जना पक्राउ
व्यवसायी लामामाथि आक्रमण गरेको अभियोगमा थप एक जना पक्राउ