दुई महिनामा कति परिवारले पाए जग्गाधनी पुर्जा ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २०, २०८३
|
|
६२ पटक हेरिएको
Shares
दुई महिनामा कति परिवारले पाए जग्गाधनी पुर्जा ?

सारांश

  •   भूमि समस्या समाधान समितिले पछिल्ला दुई महिनामा ९७ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको जनाएको छ।
  • समितिका अनुसार २० जेठदेखि १६ साउनसम्म वितरण गरिएका पुर्जामध्ये ६ परिवार भूमिहीन दलित, ५८ परिवार भूमिहीन सुकुमवासी र ३३ परिवार अव्यवस्थित बसोबासी रहेका छन्।
  • यस अवधिमा झापाको बुद्धशान्ति नगरपालिका–४, अर्जुनधारा नगरपालिका–११ र कन्काई गाउँपालिका–४ का लाभग्राहीलाई जग्गाधनी पुर्जा वितरण गरिएको समितिले जनाएको छ।

२० साउन, काठमाडौं । 

भूमि समस्या समाधान समितिले पछिल्ला दुई महिनामा ९७ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको जनाएको छ। समितिका अनुसार २० जेठदेखि १६ साउनसम्म वितरण गरिएका पुर्जामध्ये ६ परिवार भूमिहीन दलित, ५८ परिवार भूमिहीन सुकुमवासी र ३३ परिवार अव्यवस्थित बसोबासी रहेका छन्। यस अवधिमा झापाको बुद्धशान्ति नगरपालिका–४, अर्जुनधारा नगरपालिका–११ र कन्काई गाउँपालिका–४ का लाभग्राहीलाई जग्गाधनी पुर्जा वितरण गरिएको समितिले जनाएको छ। यस्तै, बर्दियाको बढैयाताल गाउँपालिकामा भूमिहीन दलित तथा भूमिहीन सुकुमवासी गरी २९ परिवारले पुर्जा प्राप्त गरेका छन्।

चितवनको इच्छाकामना नगरपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुमवासी गरी ३४ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ। हालसम्म एउटै स्थानीय तहमा सबैभन्दा धेरै पुर्जा इच्छाकामना नगरपालिकामै वितरण भएको समितिको भनाइ छ। यस्तै, डडेलधुराको अजेयमेरु गाउँपालिकामा अव्यवस्थित बसोबास गर्दै आएका सात परिवारलाई पनि जग्गाधनी पुर्जा प्रदान गरिएको समितिले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको भाउ इतिहासकै उच्च
सुनको भाउ इतिहासकै उच्च
गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा
गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा
मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय
मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय
धनुषाको मिथिला बिहारी नगरपालिकाको कृषि शाखा द्वारा मनायो २१ औँ राष्ट्रिय धान दिवस
धनुषाको मिथिला बिहारी नगरपालिकाको कृषि शाखा द्वारा मनायो २१ औँ राष्ट्रिय धान दिवस
समितिबाट सङ्घीय निजामतीसम्बन्धी विधेयक पारित
समितिबाट सङ्घीय निजामतीसम्बन्धी विधेयक पारित
माटोको ढिस्कोमा पुरिएर गाउँपालिकाका प्राविधिकसहित दुई जनाको मृत्यु
माटोको ढिस्कोमा पुरिएर गाउँपालिकाका प्राविधिकसहित दुई जनाको मृत्यु
बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक छ : पूर्वप्रधानमन्त्री भट्टराई
बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक छ : पूर्वप्रधानमन्त्री भट्टराई
जसपा नेपाल सर्लाहीका अध्यक्ष रणधिर यादवलाई केन्द्रीय मान्यता
भ्रमजालबाट मुक्त हुनुस् : प्रचण्डलाई राजेन्द्र लिङ्देनको सुझाव
भ्रमजालबाट मुक्त हुनुस् : प्रचण्डलाई राजेन्द्र लिङ्देनको सुझाव
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री