यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २०, २०८३
|
|
१३५ पटक हेरिएको
Shares
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

सारांश

  • नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
  • कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा टेकेर पशु बधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने निर्णय भएको छ।
  • महिला मन्त्रालयको प्रस्तावमा बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ सङ्घीय संसद् समक्ष पेस गर्न स्वीकृति प्रदान गरिएको छ।

२० साउन, काठमाडौँ ।

नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा टेकेर पशु बधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने निर्णय भएको छ। महिला मन्त्रालयको प्रस्तावमा बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ सङ्घीय संसद् समक्ष पेस गर्न स्वीकृति प्रदान गरिएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयको सिफारिसमा विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा पर्वतका प्राध्यापक डाक्टर खड्क बहादुर केसी र सचिव पदमा भोजपुरका प्राध्यापक डाक्टर रोजेश श्रेष्ठलाई नियुक्त गरिएको छ।यसैगरी मन्त्रिपरिषद् बैठकले सुनसरी र सिरहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति, राहत तथा उपचारको व्यवस्था गर्ने निर्णय समेत गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्ताव अनुसार तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरिएको छ। यसैगरी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा काठमाडौँका याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा नेपाल इन्टरमोडल यातायात विकास समिति (गठन) आदेश, २०५४ खारेज गर्ने निर्णय भएको छ। साथै नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति प्रदान गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यकर्तालाई देउवाको निर्देशन : बहुमत ल्याउने अवस्था छैन, धेरै सिट जित्ने गरी चुनावको तयारी गर्नू
कार्यकर्तालाई देउवाको निर्देशन : बहुमत ल्याउने अवस्था छैन, धेरै सिट जित्ने गरी चुनावको तयारी गर्नू
कोटेश्‍वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
कोटेश्‍वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
नक्कली भ्याट बिल प्रकरण : भाटभटेनीले कर र जरिवाना तिर्नुपर्ने पूर्ण इजलासको ठहर
नक्कली भ्याट बिल प्रकरण : भाटभटेनीले कर र जरिवाना तिर्नुपर्ने पूर्ण इजलासको ठहर
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
नेपाली विद्यार्थी मृत्यु प्रकरण: कलेजका कर्मचारीहरू निलम्बित
नेपाली विद्यार्थी मृत्यु प्रकरण: कलेजका कर्मचारीहरू निलम्बित
संसद सचिवालयले बोलायो सर्वदलीय बैठक
संसद सचिवालयले बोलायो सर्वदलीय बैठक
रामनवमीमा सार्वजनिक बिदा
रामनवमीमा सार्वजनिक बिदा
क्रोएसियालाई हराउँदै पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश
क्रोएसियालाई हराउँदै पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश
आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा र प्रअ हटाइएपछि संगठनकाे आपत्ति
आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा र प्रअ हटाइएपछि संगठनकाे आपत्ति
भारतले दियो नेपाललाई थप १० वटा बेली ब्रिज
भारतले दियो नेपाललाई थप १० वटा बेली ब्रिज