सामुदायिक वनबाट ५५ थान भरुवा बन्दुक बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २०, २०८३
|
|
४४ पटक हेरिएको
Shares
सामुदायिक वनबाट ५५ थान भरुवा बन्दुक बरामद

सारांश

  • दाङका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रबाट ५५ थान भरुवा बन्दुक बरामद गरिएको छ।
  • जिल्ला प्रहरी कार्यालय दाङका अनुसार साउन १६ देखि १९ गतेसम्म जिल्लास्थित प्रहरी कार्यालय तथा मातहतका इकाइबाट खटिएको टोलीले बंगलाचुली गाउँपालिका र लमही नगरपालिका क्षेत्रका वनमा खोजतलास गर्ने क्रममा बेवारिसे अवस्थामा रहेका भरुवा बन्दुक बरामद गरेको हो।
  • प्रहरीका अनुसार बंगलाचुली गाउँपालिका–४, ५, ६, ७ र ८ का हिमाल लालीगुराँस, खारखोली, बंगलाचुली, लहरे, मौवालेख, ल्वाङे–भत्कुले, न्यु कालिका र नव चेतनशील सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट ४८ थान भरुवा बन्दुक बरामद गरिएको छ।

२० साउन, काठमाडौं ।

दाङका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रबाट ५५ थान भरुवा बन्दुक बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार साउन १६ देखि १९ गतेसम्म जिल्लास्थित प्रहरी कार्यालय तथा मातहतका इकाइबाट खटिएको टोलीले बंगलाचुली गाउँपालिका र लमही नगरपालिका क्षेत्रका वनमा खोजतलास गर्ने क्रममा बेवारिसे अवस्थामा रहेका भरुवा बन्दुक बरामद गरेको हो।

प्रहरीका अनुसार बंगलाचुली गाउँपालिका–४, ५, ६, ७ र ८ का हिमाल लालीगुराँस, खारखोली, बंगलाचुली, लहरे, मौवालेख, ल्वाङे–भत्कुले, न्यु कालिका र नव चेतनशील सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट ४८ थान भरुवा बन्दुक बरामद गरिएको छ। यस्तै, लमही नगरपालिका–९ स्थित तरुलियाको बिरह सामुदायिक वनबाट थप ७ थान भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ। बरामद गरिएका सबै भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?
स्याङ्जामा स्कुटर ट्रकसँग ठोकिँदा एक जनाको मृ*त्यु
स्याङ्जामा स्कुटर ट्रकसँग ठोकिँदा एक जनाको मृ*त्यु
काठमाडौं महानगरले भोलिदेखि दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स बाँड्दै
काठमाडौं महानगरले भोलिदेखि दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स बाँड्दै
जलेश्वर अस्पतालका चारजना स्वास्थ्यकर्मीलाई तीन दिनभित्र स्पष्टीकरण दिन मन्त्रालयको निर्देशन सेवाप्रवाहमा लापरवाही देखिए कारवाही
जलेश्वर अस्पतालका चारजना स्वास्थ्यकर्मीलाई तीन दिनभित्र स्पष्टीकरण दिन मन्त्रालयको निर्देशन सेवाप्रवाहमा लापरवाही देखिए कारवाही
सिँचाइमन्त्री खड्का सरसफाइ अभियानमा सहभागी
सिँचाइमन्त्री खड्का सरसफाइ अभियानमा सहभागी
तीनकुने प्रदर्शन : प्रहरीको बन्दुक खोस्नेसहित १०५ जना पक्राउ
तीनकुने प्रदर्शन : प्रहरीको बन्दुक खोस्नेसहित १०५ जना पक्राउ
स्वास्थ्य संस्थाले नागरिक बडापत्रमा सेवाको शुल्क टाँस्नुपर्छः पौडेल
स्वास्थ्य संस्थाले नागरिक बडापत्रमा सेवाको शुल्क टाँस्नुपर्छः पौडेल
उच्च अदालत बुटवलमा रवि र छविको मुद्दा, बहस सकियो आदेश आउन बाँकी
उच्च अदालत बुटवलमा रवि र छविको मुद्दा, बहस सकियो आदेश आउन बाँकी
आशिका तामाङ धरौटीमा रिहा, हुने बित्तिकै फेरि पक्राउ
आशिका तामाङ धरौटीमा रिहा, हुने बित्तिकै फेरि पक्राउ
भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज
भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज