एमाले नेता जगन्नाथ थपलिया वीर अस्पताल भर्ना

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १९, २०८३
|
|
६६ पटक हेरिएको
Shares

सारांश

  • नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया उपचारका लागि मंगलबार वीर अस्पताल भर्ना भएका छन् ।
  • पार्टीभित्र राजीनामा दिन तीव्र दबाब खेपिरहेका बेला उनी सोमबार साँझ गुन्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा अचानक बोल्दाबोल्दै बेहोस भएर ढलेका थिए ।
  • भक्तपुरको ठिमी अस्पतालमा उपचारपछि कोठामा फर्किएर आराम गरेका उनी मंगलबार अपराह्न थप उपचारका लागि वीर अस्पताल भर्ना भएका हुन् ।

१९ साउन, काठमाडौं ।

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया उपचारका लागि मंगलबार वीर अस्पताल भर्ना भएका छन् । पार्टीभित्र राजीनामा दिन तीव्र दबाब खेपिरहेका बेला उनी सोमबार साँझ गुन्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा अचानक बोल्दाबोल्दै बेहोस भएर ढलेका थिए । भक्तपुरको ठिमी अस्पतालमा उपचारपछि कोठामा फर्किएर आराम गरेका उनी मंगलबार अपराह्न थप उपचारका लागि वीर अस्पताल भर्ना भएका हुन् ।वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार थपलियालाई मंगलबार अपराह्न करिब ४ बजे वीर अस्पतालको सर्जिकल भवनको तेस्रो तलास्थित क्याबिनमा भर्ना गरिएको हो ।

अस्पताल पुगेपछि उनको स्वास्थ्य अवस्थाको विस्तृत परीक्षण गरिएको छ। डा. बुढाथोकीका अनुसार हाल थपलियाको रक्तचाप, अक्सिजनको मात्रा लगायत सबै जीवनरक्षक सूचक (भाइटल साइन) सामान्य अवस्थामा रहेका छन् । उनलाई सलाइन चढाएर निरन्तर चिकित्सकीय निगरानीमा राखिएको छ । अस्पतालका अनुसार थपलिया टाइप–२ मधुमेह (डायबिटिज मेलाइटस) का बिरामी हुन् । सोही अवस्थालाई समेत ध्यानमा राखेर चिकित्सकहरूले नियमित निगरानी गरिरहेका छन्  । ‘उहाँलाई सर्जिकल बिल्डिङको तेस्रो तलाको क्याबिनमा राखेर उपचार भइरहेको छ । सबै भाइटलहरू सामान्य छन्, सलाइन चलिरहेको छ र निरन्तर मोनिटरिङ भइरहेको छ,’  डा. बुढाथोकी भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्च अदालतका मुद्दाको सुनुवाइ स्थगित
सर्वोच्च अदालतका मुद्दाको सुनुवाइ स्थगित
नेपाली सेना र चीनको जनमुक्ति सेनाको संयुक्त अभ्यास सुरू
नेपाली सेना र चीनको जनमुक्ति सेनाको संयुक्त अभ्यास सुरू
भन्सार छलीको गाडी र १४ लाख नगदसहित ३ जना पक्राउ
भन्सार छलीको गाडी र १४ लाख नगदसहित ३ जना पक्राउ
विद्युत् आयोजनामा सहजकर्ताको भूमिका निर्वाह गर्न वन मन्त्रालयलाई निर्देशन
विद्युत् आयोजनामा सहजकर्ताको भूमिका निर्वाह गर्न वन मन्त्रालयलाई निर्देशन
‘अन्तरिम सरकारमा रहेका प्रधानमन्त्री तथा मन्त्रीहरु छानविनको दायरमा आउनुपर्छ’
‘अन्तरिम सरकारमा रहेका प्रधानमन्त्री तथा मन्त्रीहरु छानविनको दायरमा आउनुपर्छ’
गृह मन्त्रालयको सचिवमा गोकर्णमणि दुवाडी
गृह मन्त्रालयको सचिवमा गोकर्णमणि दुवाडी
सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह
सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
अर्को उद्धार टोली लिएर काठमाडौँ आइपुग्यो दक्षिण कोरियाली सैन्य विमान
अर्को उद्धार टोली लिएर काठमाडौँ आइपुग्यो दक्षिण कोरियाली सैन्य विमान
बजेट अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक हुँदै
बजेट अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक हुँदै